स्ट्रेसको सामना गर्ने तरिका

6,963 भ्यु

स्ट्रेसले विभिन्न रोगहरू निम्त्याउँछ र चरम सीमामा पुगेपछि यसले मृत्युमा समेत पुऱ्याउन सक्छ । तर बाँचुञ्जेल स्ट्रेस नलिनु भनेको असम्भव कुरा हो । तर स्ट्रेसप्रति हामीले कस्तो मनस्थिति लिन्छौं भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ । यदि हामीले स्ट्रेसलाई नकारात्मक रूपमा लियौं भने त्यो हाम्रो ‘शत्रु’ बन्नेछ, तर यदि हामीले त्यसलाई सकारात्मक रूपमा लियौं भने त्यसले हामीलाई कुनै हानि पुऱ्याउन सक्दैन ।

हार्वर्ड विश्वविद्यालयमा यससम्बन्धी परीक्षण गरिएको थियो । कुनै स्ट्रेस हुँदाखेरि आउने शारीरिक प्रतिक्रियालाई चिन्ता वा स्ट्रेसलाई जित्न नसकिने सङ्केतको रूपमा लिन आवश्यक छैन । मुटु जोडले धड्किँदाखेरि त्यसले तपाईंलाई स्ट्रेसको सामना गर्न तयार गराउँछ, अनि लामो-लामो सास फेर्दाखेरि मस्तिष्कमा धेरै अक्सिजन प्रवाह हुन्छ । परीक्षणमा सहभागी भएकाहरूले स्ट्रेसलाई सकारात्मक रूपमा हेरेपछि उनीहरू चिन्ताजनक अवस्थामा पनि कम चिन्तित बनेको र बढी आत्मविश्वासले भरिएको देखिन्थे ।

स्ट्रेसचाहिँ हामीले कुनै कुरा पाउन खोज्दा वा परिवर्तन गर्न खोज्दा स्वाभाविक रूपमा देखिने प्रक्रिया हो । नडराईकन आनन्दित मनद्वारा त्यसलाई सामना गर्नुको मज्जा लिइहेर्नुहोस् । स्ट्रेस पनि त्यसलाई सकारात्मक रूपमा लिने व्यक्तिको अगाडि डराउने गर्छ ।