राजकुमारको पहिचान

6,737 भ्यु

छिमेकीबीच राम्रो सम्बन्ध नभएको कुनै एउटा गाउँमा राजाले भ्रमण गरेछन् । आफ्नो निरीक्षण पूरा गरेपछि, राजाले गाउँलेहरूलाई अनुरोध गरेछन् ।

“वास्तवमा मेरो कान्छो छोरा केही समय यही बस्ने भएकोले तिमीहरूले ऊसँग राम्रो व्यवहार गर्नू ।”

तर राजाले राजकुमार को हो, र कहाँ बस्दैछन् भन्ने कुरा खुलाएनछन् ।

राजकुमार हो भन्ने कुरा सोच्दै गाउँलेहरूले बाटोमा भेटिने सबै बालकहरूलाई मुस्कुराउँदै अभिवादन गर्न थाले । केही समयपछि वयस्कहरूले पनि एक-अर्कालाई नम्र बोली र उज्ज्यालो मुहारद्वारा अभिवादन गर्न थाले ।

केही महिनापछि, राजा गाउँमा फर्किए । त्यसबेलासम्म पनि राजकुमार को हो भन्ने कुरा गाउँलेहरूले थाहा पाएका थिएनन् ।

“राजा, हजूर राजकुमार लिन आउनुभएको हो ? तर राजकुमार को हुन् ?”

राजाले मुस्कुराउँदै भनेछन् ।

“मैले यहाँ छोडेको राजकुमारको नाम ‘प्रेम’ हो । राम्ररी हुर्किएर उसले गाउँलाई सुन्दर बनाएको रहेछ । अब मैले उसलाई लिएर जान आवश्यक छैन ।”