जीवन बचाउनका लागि दिएको समय

12,223 भ्यु
लेख सुन्नुहोस् 3:09

जर्मनीमा बस्ने एक जना पुरुषको तीन वर्षीय छोरालाई ल्युकेमिया भएको थियो । उक्त बुबा आफ्नो छोराको उपचारको लागि लगातार अस्पताल धाइरहनुपर्थ्यो, तर उपचारको ठूलो खर्च जुटाउनुपर्ने भएकोले उनले जागीर छोड्न सक्दैनथे ।

केही समय त उनले कम्पनीबाट बिदा लिएर अस्पतालमा बिताए, तर आफूले पाउने सबै बिदा सकिएपछि बेतलबी बिदाको लागि आवेदन गर्दा कतै जागिरै गुम्ने पो हो कि भन्ने कुराले उनी चिन्तित भए । त्यो कठिन घडीमा उनको कम्पनीका अधिकारी र सहकर्मीहरूले उनलाई सहयोग गर्नका लागि आफ्नो हात बढाए । कर्मचारीहरूले स्वेच्छाले आफ्नो सहकर्मीको तर्फबाट ओभरटाइम काम गरिदिए । दुई हप्तासम्म ७०० भन्दा बढी कर्मचारीहरूले ओभरटाइम काम गरे, जसको कुल समयचाहिँ ३,२६४ घण्टा, ३० मिनेट थियो । आफ्नो सहकर्मीको अनुपस्थितिलाई पूर्ति गर्न प्रत्येक व्यक्तिले करिब ५ घण्टा बढी काम गरे, जसले गर्दा कुल ४०० भन्दा बढी कार्यदिन बराबरको समय तयार भयो । सहकर्मीहरूको यही निःस्वार्थ भावना र अथक मिहिनेतले गर्दा ती बुबाले ढुक्क भएर एक वर्षभन्दा बढी समयसम्म आफ्नो छोराको हेरचाह र उपचार गर्न पाए ।

जीवन बचाउनका लागि दिएको समय

3:09
0:00 3:09

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।