दृढता

17,151 भ्यु

मेक्सिकोको ताराहुमारा(Tarahumara) जाति दौड्ने क्षमताका लागि चर्चित छन् । आफूलाई ‘रारामुरी Rarámuri’ (धावक) भनेर बोलाउने तिनीहरूका लागि एकै दिनमा पूरा म्याराथन दौड्नु चुनौतिको कुरा होइन ।

ताराहुमारा जातिले मृगको शिकार गर्दा जोशका साथ खेद्ने गर्छन् । दौड्ने क्षमताको कुरा गर्नुपर्दा मृग एकदमै छिटो दौड्ने जनावर हो, तर लामो दुरी दौड्ने सन्दर्भमा चाहिँ कुरा फरक छ । शिकार गरिरहेको मृग छिटो दौडिएर आँखा अगाडि विलिन भए तापनि ताराहुमाराहरू चिन्तित हुँदैनन् । किनभने तिनीहरूले मृगको खुट्टाको छाप र स्राव हेरेर त्यसलाई पछ्याउँछन् । यसरी लामो समय दौडिएर लखतरान भएको मृर्गलाई तिनीहरूले दिनभरि पछ्याएर समात्छन् ।

तसर्थ अन्तसम्म हार नमान्ने दृढता र लगनशीलतामा ठूलो शक्ति हुन्छ ।