परमप्रभुले सम्पूर्ण छाउनीलाई हाम्रो हातमा सुम्पिदिनुभएको छ

न्यायकर्ता ७:९-१५

17,978 भ्यु

गिदोन र तिनका नोकर पूराह शत्रुको छाउनीमा लुकेर गए र मिद्यानी सेनाहरूको कुराकानी सुने । किनभने योचाहिँ परमेश्वरले मिद्यानी छाउनी विरुद्ध लड्न ३०० जना योद्धाहरू छनोट गर्नुभएपछि दिनुभएको वचन थियो ।

“झट्टै तल गएर छाउनीमा आक्रमण गर्, किनभने मैले त्यो तेरो हातमा सुम्पिदिएको छु । यदि त्यसो गर्न तँलाई डर लाग्छ भने पहिले तेरो नोकर पूराहसँग तल छाउनीमा जा, र तिनीहरू के भनिरहेका छन् सुन् । त्यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न तँ प्रोत्साहित हुनेछस् ।”

त्यस रात तिनीहरू तल गए अनि मिद्यानी, अमालेकी र पूर्वका अरू सबै जातिहरू सलहजस्तै बाक्लै बेँसीमा बसेका देखे । तिनीहरूका ऊँटहरू पनि संख्यामा समुद्रका बालुवाका कणसरह थिए ।

त्यो समयमा लुकेर बसेका गिदोनले दुई मिद्यानी सेनाहरू कुराकानी गरिरहेको सुने ।

“मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्दै-गुड्दै आएको देखें । त्यो रोटी पालमा आएर त्यसमा यति जोड बजारियो कि त्यसले पाललाई पल्टाइदियो र पाल ढल्यो ।”

सेनाको कथा सुनेको व्यक्तिले यसरी सपनाको अर्थ लगाए ।

“साँच्ची नै यो त इस्राएली योआशको छोरा गिदोनको तरवार नै हो । परमेश्वरले मिद्यान र समस्त सेनालाई तिनको हातमा सुम्पिदिनुभएको छ ।”

जब गिदोनले सपनाको कथा र त्यसको अर्थ सुने, तब तिनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत् गरे । त्यसपछि तिनी इस्राएलको छाउनीमा फर्किआएर साहसपूर्वक कराए ।

“उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ ।”

गिदोनले युद्धमा जानका लागि सेनाहरू छनोट गरे, तर तिनी मिद्यानीहरू विरुद्ध लडाइँ गर्न डराए । त्यसैले परमेश्वरले तिनलाई शत्रुको मुखबाट इस्राएलको विजय सुन्ने गराउनुभयो । अन्ततः प्रोत्साहित भएका गिदोन साहसका साथ शत्रुको छाउनीमा प्रवेश गरे र ३०० जना योद्धाद्वारा १३५,००० सेनाहरूलाई पराजित गर्दै चमत्कारको नायक बने ।

परमेश्वरले डराएका गिदोनलाई न्यायकर्ताको रूपमा चुन्नुभयो र इस्राएललाई बचाउने मिसन सुम्पनुभएर त्यो मिसन पूरा गर्न भन्नुभयो । उही परमेश्वरले आज हामीलाई चुन्नुभएर विश्व मिसन सुम्पनुभएको छ । त्यसैले डराउने वा हिचकिचाउने कुनै कारण नै छैन । हामी सबै जागा होऔं ! परमेश्वरले हामीलाई विश्वभरि सुसमाचार प्रचार गर्ने अनुमति दिनुभएको छ ।