
योचाहिँ संयुक्त राज्य अमेरिकाको एउटा परिवारमा घटेको घटना हो ।
त्यो परिवारमा, छोराले कुरा गर्न खोज्दा आमाले सधैँ गम्भीर भएर सुनिदिनुहुन्थ्यो । एक साँझ, आमा र छोरा भान्सामा सँगै बसिरहेका थिए । आफूले सल्लाह गर्न चाहेको विषयमा आमासँग कुरा गर्दा उसले कुराकानीको अन्त्यतिर यसो भन्यो ।
आमा, मलाई थाहा छ कि तपाईं मलाई धेरै माया गर्नुहुन्छ ।
छोराको कुरा सुनेर आमा भावुक हुनुभयो ।
पक्कै पनि म तिमीलाई धेरै माया गर्छु । के तिमीलाई यो कुरामा शङ्का थियो र ?
“होइन, मलाई पूरा विश्वास छ ।”
त्यसपछि छोराले जवाफ दियो ।
“किनभने मैले तपाईंसँग कुरा गर्न खोज्दा, तपाईंले जहिले पनि आफ्नो काम रोकेर अन्त्यसम्मै मेरो कुरा सुन्नुहुन्छ ।”