भाषा चयन गर्नुहोस् ।

Close

प्रेमको प्रमाण

6,290 भ्यु
본문 읽기 2:07
현재 언어는 음성 재생을 지원하지 않습니다.

योचाहिँ संयुक्त राज्य अमेरिकाको एउटा परिवारमा घटेको घटना हो ।

त्यो परिवारमा, छोराले कुरा गर्न खोज्दा आमाले सधैँ गम्भीर भएर सुनिदिनुहुन्थ्यो । एक साँझ, आमा र छोरा भान्सामा सँगै बसिरहेका थिए । आफूले सल्लाह गर्न चाहेको विषयमा आमासँग कुरा गर्दा उसले कुराकानीको अन्त्यतिर यसो भन्यो ।

आमा, मलाई थाहा छ कि तपाईं मलाई धेरै माया गर्नुहुन्छ ।

छोराको कुरा सुनेर आमा भावुक हुनुभयो ।

पक्कै पनि म तिमीलाई धेरै माया गर्छु । के तिमीलाई यो कुरामा शङ्का थियो र ?

“होइन, मलाई पूरा विश्वास छ ।”

त्यसपछि छोराले जवाफ दियो ।

“किनभने मैले तपाईंसँग कुरा गर्न खोज्दा, तपाईंले जहिले पनि आफ्नो काम रोकेर अन्त्यसम्मै मेरो कुरा सुन्नुहुन्छ ।”