भाषा चयन गर्नुहोस् ।

Close

शब्दमा व्यक्त गर्न नसकिने ज्ञान

6,644 भ्यु

ज्ञान दुई प्रकारको हुन्छ, एउटा शब्दमा वर्णन गर्न सकिने ज्ञान र अर्कोचाहिँ शब्दमा वर्णन गर्न नसकिने ज्ञान । पहिलोलाई ‘स्पष्ट ज्ञान’ र दोस्रोलाई ‘मौन ज्ञान’ भनिन्छ । मौन ज्ञानचाहिँ समुद्रको सतहमुनि लुकेको हिउँको ढिक्काजस्तो हुन्छ, जसलाई सजिलै वर्णन गर्न सकिँदैन तर गहिरो अनुभवबाट बुझ्न सकिन्छ ।

उदाहरणको लागि गाडी चलाउन सिक्नका लागि गाडी चलाउने तरिका लेखिएको किताब पढ्नुभन्दा त्यसलाई चलाउनु उपयुक्त हुन्छ र खाना बनाउनका लागि कुकिङ बुक पढ्नुभन्दा सिधै खाना पकाउनु उत्तम हुन्छ । यसरी प्रत्यक्ष अनुभवबाट प्राप्त हुने विशेष अनुभूति, सीप र व्यवहारिक ज्ञानलाई मौन ज्ञान भनिन्छ ।

प्रेम पनि एक प्रकारको मौन ज्ञान हो । भनिन्छ, कि आफू आमा-बुबा नभएसम्म आमा-बुबाको मन बुझ्न सकिँदैन । आफूले सन्तान जन्माएर हुर्काएपछि मात्र आमा-बुबाको परिश्रम, त्याग र प्रेमको गहिराइ महसुस गर्न सकिन्छ । आमा-बुबालाई शब्दमा व्यक्त गर्न नसकिने प्रेम देखाएको भए पनि, कृतज्ञताको एक शब्दले उहाँहरूको मन पग्लिनेछ, त्यसोभए आज यहाँहरूको आमा-बुबालाई फोन गरिहेर्ने हो कि ?