हेल्पर्स हाइ(सेवाभावको सन्तुष्टि)

9,654 भ्यु
본문 읽기 4:30
현재 언어는 음성 재생을 지원하지 않습니다.

कुनै सर्तविना अरूलाई मद्दत गर्दा शरीरमा इन्डोफिर्न (endorphins)को मात्रा बढ्छ र यसले मानिसलाई आनन्दित महसुस गराउनुका साथै शरीरमा सकारात्मक परिवर्तनहरू ल्याउन मद्दत गर्दछ । यसलाई मनोचिकित्सकको भाषामा ‘हेल्परस हाई’ भनिन्छ ।

शाब्दिक रूपमा भन्नुपर्दा, यसको अर्थ मद्दत गर्ने व्यक्तिले महसुस गर्ने उत्कृष्ट मनोवैज्ञानिक सन्तुष्टि हो । एउटा अनुसन्धानले देखाएको छ, कि हप्तामा ८ घण्टाभन्दा बढी अरूलाई मद्दत गर्ने ३,००० स्वयंसेवकहरूमध्ये ९५% ले ‘हेल्पर्स हाई’ (helper’s high) को अनुभव गर्छन् ।

जबरजस्ती गरिने सेवा पनि उस्तै नै हो । मुख्यतया अपराधीहरूसँग व्यवहार गर्ने एक कानुनी व्यवसायी भन्छन् कि, प्रोबेशन (परिक्षण काल) र सामुदायिक सेवाको आदेशसहित निलम्बित सजाय पाएका विचाराधीन कैदीहरूले सुरुमा दबाबमा परेर सेवा गरे तापनि बिस्तारै उनीहरूले साँचो मनले सेवा गर्न थाल्छन् । सेवा भनेको अरूलाई मद्दत गर्नु त हो नै, तर यसले आफूलाई पनि परिवर्तन गर्न मद्दत गर्दछ ।

जब ‘सेवा’ को कुरा आउँछ, सियोनका सन्तहरूलाई बिर्सन सकिँदैन । संसारको नून र ज्योति होऊ भन्ने परमेश्वरको वचनअनुसार समस्यामा परेका छिमेकीहरूलाई सहयोगको हात बढाउँदै र उनीहरूलाई साथ दिँदै सियोनका परिवारहरूले प्रायः ‘हेल्पर्स हाई’ को अनुभव गर्छन् । त्यसैले उनीहरूको अनुहारमा सधैँ मुस्कान हुन्छ र उनीहरू सधैँ आनन्दित देखिन्छन् । कसैले प्रशंसा वा वास्ता नगरे पनि, उनीहरू आज र भोलि पनि निरन्तर रूपमा असल कार्यहरू गरिरहन्छन् । ​

‘हेल्पर्स हाइ’।

सेवाले अरूलाई मात्र होइन तर आफूलाई पनि खुसी बनाउँछ ।