जोश

अङ्ग्रेजी शब्द passion(प्यासन)को अर्थचाहिँ कुनै कुरा पूरा गर्ने व्यग्र मन हो । passionचाहिँ ल्याटिन शब्द patiबाट उत्पन्न भएको शब्द हो, जसको अर्थ कष्ट वा कठिनाई हो । उद्देश्य प्राप्त गर्ने क्रममा कठिनाइ र समस्याहरूको सामना गर्दा पछाडि नहटिकन डटेर प्रतिकार गर्नु नै passionको वास्तविक अर्थ हो ।
प्यासनजस्तै अर्को शब्द उत्साहको पनि गहन अर्थ छ । अमेरिकाको प्रसिद्ध तथा सफल लेखक जिग जिग्लरले आफ्नो किताबमा उत्साह(Enthusiasm)चाहिँ en(in) र theos(God) भन्ने ग्रीक शब्दबाट उत्पन्न भएको हो भन्ने कुरा बताएका थिए । हामीमा हुनुभएका परमेश्वरमा भरोसा गऱ्यो भने कुनै कुरामा डर मान्न आवश्यक छैन, हामीले सबै कुरा पूरा गर्न सक्छौं ।
सुसमाचारको जोश भएका मानिसहरू कठिनाइदेखि डराउँदैनन् । बरु उल्टै निरुत्साहित नभईकन त्यो कठिनाइको सामना निडरताका साथ बलपूर्वक गर्छन् । उनीहरूले आफ्नो विचार र जिद्दीद्वारा होइन कि आफूभित्र जिउनुभएका परमेश्वरको शक्तिको मद्दतले सबै कठिनाइहरू पार गर्छन् ।
जोशले जस्तोसुकै कठिनाइमा पनि परमेश्वरमा भर परेर सुसमाचारमा समर्पित हुने गराउँछ । यदि अहिलेसम्म पनि जोशिलो हुनुभएको छैन भने अझ पनि ढीला भएको छैन । आफूभित्र सल्बलाइरहेको सुसमाचारको जोशलाई प्रकट गर्नुपर्छ । तब बल्ल सुरुको मण्डलीजस्तै आश्चर्यजनक र सफल प्रचारको इतिहास दोहोरिनेछ ।