महान् लिडर, सफल फलोअर

13,875 भ्यु
본문 읽기 4:35
현재 언어는 음성 재생을 지원하지 않습니다.

कुनै पनि संस्था वा समूहका सदस्यहरूलाई नेतृत्व गर्ने वा अगाडि बढाउने व्यक्तिलाई लिडर ‘Leader’ भनिन्छ । Lead(leiden) भन्ने शब्दचाहिँ (lipana) भनिने जर्मन शब्दबाट व्युत्पन्न भएको हो जसको अर्थ हो, सहनु, धैर्य गर्नु वा कष्ट भोग्नु । तसर्थ योद्वारा लिडरको भूमिका सहज हुँदैन भन्ने कुरा बुझ्न सकिन्छ ।

लिडरको निर्देशन मान्दै उनलाई राम्ररी समूह चलाउनका लागि सहयोग गर्ने र कसैले नभनीकन पनि संस्थाको लक्ष्यअनुरूप आफै अगि सरेर काम गर्ने व्यक्तिलाई ‘फलोअर’ (अनुयायी) भनिन्छ । Follower (fultum) शब्दचाहिँ (follaziohan) भनिने जर्मन शब्दबाट व्युत्पन्न भएको हो, जसको अर्थ हो, सहयोग गर्नु, मद्दत गर्नु वा योगदान गर्नु । तसर्थ followerचाहिँ लिडरको कठिनाइलाई राम्ररी बुझेर पर्दा पछाडि रही पूर्ण रूपमा साथ दिने व्यक्ति हो ।

राम्रा फलोअरहरू जति धेरै हुन्छन्, त्यति नै राम्ररी एउटा समूह चल्न सक्छ र उल्लेखनीय परिणामहरू प्राप्त गर्न सकिन्छ । जब फलोअरहरूले आफ्नो लिडरको इच्छा र आफ्नो भूमिका बुझ्छन्, र आवश्यक सीपका साथ लक्ष्यमा समर्पित हुन्छन्, तब त्यो समूह अनुकूल हावामा चलेको जहाजजस्तै सिधै आफ्नो लक्ष्यतर्फ अगाडि बढ्न सक्छ ।

मल्कीसेदेकका योद्धाहरूको रूपमा बोलाइएका हामीचाहिँ, स्वर्गका सेनालाई डोर्‍याउनुहुने स्वर्गका पिता र माताको अनुसरण गर्ने र सुसमाचारमा समर्पित हुने आत्मिक फलोअरहरू हौं । सारा संसारलाई बचाउने परमेश्‍वरको इच्छालाई बुझेर, उहाँले दिनुभएको मिसन पूरा गर्दै स्वर्गको राज्यतर्फ अगि बढिरहेका हामी नै संसारको सबैभन्दा महान् लिडरसँग रहेका सबैभन्दा सफल फलोअरहरू हौं नि, होइन र ?