सत्य बताउने

10,126 भ्यु
लेख सुन्नुहोस् 4:20

संयुक्त राज्य अमेरिकाका प्रमुख अस्पतालहरूले ‘सत्य बताउने’ (Tell the truth) कार्यक्रम लागू गरिरहेका छन् । उक्त कार्यक्रम चिकित्सा क्षेत्रमा हुने गल्ती वा लापरबाहीहरूका लागि तयार पारिएको हो । कुनै पनि चिकित्सा त्रुटि हुँदा चिकित्सकको टोलीले बिरामीको परिवारलाई भेट्छ, अनुसन्धानमा इमानदार रहने वाचा गर्दै, परिवारको पीडामा मलम लगाउँछ र उनीहरूप्रति सहानुभूति प्रकट गर्दछ । यदि स्पष्ट अनुसन्धानमार्फत चिकित्सा टोली दोषी पाइएमा, उक्त टोलीले निष्कपट रूपमा माफी माग्छ र उचित क्षतिको प्रस्ताव गर्दछ । सहज रूपमा भन्नुपर्दा, योचाहिँ आफ्नो गल्ती स्वीकारेर त्यसको लागि क्षमायाचना गर्ने कार्य हो ।

भनिन्छ, कि चिकित्सा टोली दोषी प्रमाणित नभए पनि, उनीहरूले देखाएको प्रयास र सद्भावका कारण बिरामीको परिवारलाई पीडाको अनुभूति कम हुन्छ । यो कार्यक्रम लागू गरेका अस्पतालका अनुसार चिकित्सा क्षेत्रमा हुने गल्ती वा लापरबाही विरुद्ध दर्ता हुने मुद्दाहरूको सङ्ख्या आधाभन्दा बढीले घटेको छ ।

गल्ती सबैबाट हुन्छ । महत्त्वपूर्ण कुराचाहिँ त्यो गल्तीलाई कसरी सच्चाउने भन्ने कुरा हो । जब कसैले गल्ती गर्छ र त्यसलाई स्वीकार गर्नुको सट्टा उल्टै ठूला-ठूला कुरा गर्दै त्यसलाई लुकाउने वा बहाना बनाउने प्रयास गर्छ वा आफ्नो गल्तीको माफी माग्दैन भने, त्यसले बदनामी निम्त्याउँछ । माफी माग्दैमा कोही सानो वा कमजोर हुँदैन । तर माफी माग्नुपर्ने मुख्य समयमा पनि अहङ्कारी भएर त्यो मौका गुमाउँछ भने त्यो मानिसचाहिँ वास्तविक रूपमा कमजोर हो ।

सत्य बताउने

4:20
0:00 4:20

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।