लोभ त्यागेर

10,682 भ्यु
लेख सुन्नुहोस् 3:33

यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । … आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो । वास्तवमा त्यो साह्रै राम्रो थियो । … उत १:२७-३१

परमेश्वरको नजरमा मानिसहरू साह्रै राम्रा सृष्टि थिए । योद्वारा उनीहरूको वास्तविक नियत(सुरुदेखि नै उस्तै मन) शुद्ध, सही र सफा थियो भन्ने कुरा बुझ्न सकिन्छ ।

तर लोभले मन भरिन थालेपछि शुद्ध हृदय अशुद्ध हुँदैगयो । लोभ जति धेरै बढ्दैजान्छ, परमेश्वरलाई प्रसन्न तुल्याउने त्यो पवित्र हृदय त्यति नै बढी अशुद्ध हुँदैजान्छ । ​

एक-अर्कालाई प्रेम गर, सबै परिस्थितिमा धन्यवादी होओ, र सन्तुष्ट होओ … ।

परमेश्वरको वचन नै हाम्रो मार्गदर्शक र दिशासूचक (कम्पास) हो, जसले हामीलाई हाम्रो शुद्ध हृदय पुनर्स्थापन गर्न सहयोग गर्दछ । परमेश्वरको वचनमा आज्ञाकारी मात्र भयो भने पनि उहाँले हामीलाई सुरुमा दिनुभएको त्यो विवेक पुनः प्राप्त गर्न सकिन्छ ।

हामी सबै जना लोभलाई त्यागौं र स्वर्गमा छँदाको जस्तै ज्ञानले भरिपूर्ण भएर हाम्रा सबै मार्गहरूमा सिद्ध र महिमामय बनेर पहिलेकै वास्तविक स्वरूपमा फर्कौं ।

लोभ त्यागेर

3:33
0:00 3:33

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।