एक गिलास दूधको मूल्य

20,609 भ्यु
लेख सुन्नुहोस् 3:30

यो अमेरिकामा घटेको एउटा सत्य घटना हो । बाटोमा हिँड्दै गर्दा एक जना विश्वविद्यालयका विद्यार्थी तिर्खाए । किसानको घर भएर जाने क्रममा उनले त्यो घरको ढोका ढक्ढक्याए । किसानले ढोका खोले र आफ्नी छोरीलाई एक गिलास पानी ल्याएर दिन लगाए । त्यस केटीले एउटा ठूलो गिलासमा दूध ल्याएर त्यस अपरिचित व्यक्तिको तनमनले सेवा गरिन् ।

समय बित्दैजाँदा, हुर्किएकी ती केटी एक दिन बिरामी भएर शल्यक्रिया गर्नुपर्ने अवस्था भयो । प्रसूति शल्यक्रिया गर्ने जिम्मा पाएका डाक्टरचाहिँ अरू कोही नभएर धेरै वर्षअघि ती केटीको घरमा आएका विश्वविद्यालयका विद्यार्थी थिए ।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो, तर बिरामीचाहिँ अस्पतालको महङ्गो शुल्कप्रति चिन्तित थिइन् । यद्यपि अस्पतालबाट डिस्चार्ज हुने दिन, अस्पतालको बिलमा निम्न कुरा लेखिएको थियो । “तपाईंले पिलाउनुभएको एक गिलास दूधले तपाईंको सबै अस्पतालको शुल्क चुक्ता भएको छ ।”

तालमुडमा एउटा भनाइ छ, “अपरिचित मानिससँग दयालु व्यवहार गर्नुचाहिँ स्वर्गदूतसँग दयालु व्यवहार गर्नुसरह हो ।” हामीले भेट हुने सबै मानिसहरूसँग दयालु हुँदै परमेश्वरको प्रेम बाँड्यौं भने, स्वर्गबाट हाम्रो स्वरूप देख्नुभएर परमेश्वरले अझ ठूलो आशिष्‌ दिनुहुनेछ ।

एक गिलास दूधको मूल्य

3:30
0:00 3:30

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।