मुक्तिको खुशी

मानिलिऔं हामी मृत्युको मुखमा छौं, र कसैले सहयोग गरिदिनुभएकोले हामीले जीवन पायौं । जीवन जोगिएको यस्तो अवस्थामा हामी अत्यन्त खुशी हुन्छौं । त्यसै गरी मुक्ति पाएको कुरामा पनि रमाहट गर्दै हामीलाई बचाउने व्यक्तिप्रति धन्यवादी हुन्छौं ।
त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौं । उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं ।” यशै २५:९
पापको दलदलमा फसेका हामीहरूको लागि मर्नुबाहेक अर्को विकल्प थिएन । तर परमेश्वरले हाम्रो आत्मालाई बचाउनुभयो ।
जीवनमा विभिन्न किसिमका कठिन अवस्थाहरू भए पनि परमेश्वरले हामीलाई बचाउनुभएका कारण हामी अत्यन्त खुशी र आनन्दित छौं । हामीहरू उहाँप्रति एकदमै धन्यवादी छौं ।
यदि मनबाट खुशी हराएर अरूको कदर नगरी सधैँ गनगन गर्ने मन उत्पन्न भएको छ भने परमेश्वरलाई भेट्नुअघि हाम्रो अवस्था कस्तो थियो भन्नेबारे सोचौं । स्वर्गीय पिता-मातालाई भेट्नुअघि हाम्रो आत्मा कस्तो अवस्थामा थियो ? स्वर्गीय पिता-मातालाई नभेटेको भए हाम्रो आत्मा के हुन्थ्यो ? तसर्थ मुक्तिको आनन्दले भरिँयौं भने निश्चय नै कृतज्ञताले भरिनेछौं ।