परिवार

इटालेली प्रायद्वीपको पश्चिमी क्षेत्रमा अवस्थित सार्डिनिया टापु, विश्वव्यापी रूपमा दीर्घायु मानिसहरू बस्ने प्रख्यात क्षेत्रको रूपमा परिचित छ । यहाँको १६ लाख जनसङ्ख्यामध्ये १०० वर्षभन्दा बढी उमेरका मानिसहरूको सङ्ख्या २५० भन्दा बढी छ ।
एउटा अनुसन्धान टोलीले सार्डिनियाका बासिन्दाहरू दीर्घायु हुनुको रहस्यबारे अध्ययन गऱ्यो । उनीहरूको अनुसन्धानअनुसार सार्डिनियालीहरूमा दीर्घायुको विशेष जीन रहेको कुरा पत्ता लाग्यो । त्यहाँका दीर्घायु मानिसहरूमा परिवारसँग मिलेर बस्ने एउटा साझा विशेषता थियो । एउटै घरमा दुई-तीन पुस्ताका मानिसहरू भेला भई बस्ने, एक-अर्कासँग धेरै कुराकानी गर्ने र रमाइलोसँग जीवन बिताउने यो पारिवारिक संस्कृति नै उनीहरूको जीवनको वास्तविक ऊर्जा हो ।
यो संसारमा जिउने आधार र शक्ति दिने स्रोतचाहिँ परिवार हो । हाम्रो अर्को एउटा परिवार पनि छ । त्यो नै स्वर्गीय पिता र माताबाट अनन्त जीवनको आत्मिक गुण प्राप्त गरेर, सत्यताको मार्गमा सँगैसँगै विश्वासको यात्रा गरिरहेको स्वर्गीय परिवार हो । स्वर्गीय आशाको छत्रछायामा पवित्र कुराकानीहरू आदानप्रदान गर्दै रमाइलोसँग जीवन बिताउने सियोनका परिवारहरू, यस कष्टकर जीवनको यात्रामा एक-अर्काका लागि आँट, आशा र ठूलो सान्त्वना हुन् ।
कहिलेकहीँ परिवारकै कारणले गर्दा गाह्रो हुने समय पनि हुन्छ । तर ती कष्टकर क्षणहरूभन्दा उनीहरूका कारण मिल्ने खुसी र आनन्दका पलहरू कयौँ गुणा बढी हुन्छन् । हामीलाई स्वास्थ्य र खुसी बनाउने परिवारका सदस्यहरूलाई अझ बढी प्रेम गरौं ।