नाएग्रा सिन्ड्रोम

जीवनचाहिँ एउटा निरन्तर बगिरहने खोलाजस्तै हो । समतल भूमिमा नदी शान्त र सुस्त हुन्छ तर जब त्यो नदीको पानी झरनासँग मिसिन्छ तब त्यो ह्वात्तै बढ्छ र भीरबाट तल खस्छ । योजस्तै हाम्रो जीवन पनि शान्त र सहज रूपमा चलिरहेको बेला कहिलेकहीँ अप्रत्याशित रूपमा उतारचढावहरू आउन सक्छन् ।
जीवनमा आउने उतारचढावलाई विशाल झरनासँग तुलना गर्ने एउटा मानसिक अवस्था छ, जसलाई ‘नाएग्रा सिन्ड्रोम’ भनिन्छ । यसले स्पष्ट लक्ष्य र मूल्य-मान्यताविना संसारको बहावमा समय बिताइरहँदा अचानक सङ्कट र सङ्घर्षमा आत्तिने मानिसको अवस्थालाई जनाउँछ ।
जीवनचाहिँ सधैँ एकै ठाउँमा रहिरहने पोखरीजस्तो नहुने भएकोले जीवनमा आउने साना-ठूला उतारचढावहरूबाट उम्कन सकिँदैन । तर जब हामीले जीवनको अर्थ बुझेर एउटा उद्देश्य बनाउँछौं तब जस्तोसुकै परिस्थितिमा पनि नडगमगाइकन शक्ति प्राप्त गर्न सक्छौं । त्यसैले अप्ठ्यारा र घुमाउरा बाटाहरूलाई पन्छाउँदै अगि बढ्न तयार भयौं भने त्यो झरना डरको विषय बन्नेछैन, तर गन्तव्यतिर डोऱ्याउने एउटा माध्यम बन्नेछ ।