रुख र घाँस
लेख सुन्नुहोस्
1:43

जङ्गलको एउटा ठुलो रुखले भुइँमा पलाएको धाँसलाई सोधेछ ।
“ओहो, यति सानो र कमजोर शरीर लिएर, तिमी कसरी बाँचिरहेका छौ ।”
घाँसले नम्र हुँदै जवाफ दिएछ ।
“म त बस आफ्नो ठाउँमा अडिग रहन्छु ।”
घाँसको मुखबाट शब्द निस्किन नपाउँदै अचानक तीव्र हावाहुरी चल्न थाल्यो । हावाहुरीको वेगसँगै घाँस हल्लिन थाल्यो, तर त्यसले त्यो सङ्कट टर्नका लागि धैर्यतापूर्वक पर्खियो । अनि त्यो रुखचाहिँ घाँसको खिल्ली उडाउँदै उभिरह्यो ।
हावाहुरीको बेग झन् झन् बढ्दैगयो । त्यो भयङ्कर आँधीलाई थेग्न नसकेर अन्ततः त्यो रुख घर्लम्मै ढल्यो ।