रुख र घाँस

9,384 भ्यु
लेख सुन्नुहोस् 1:44

जङ्गलको एउटा ठुलो रुखले भुइँमा पलाएको घाँसलाई सोधेछ ।

“ओहो, यति सानो र कमजोर शरीर लिएर, तिमी कसरी बाँचिरहेका छौ ।”

घाँसले नम्र हुँदै जवाफ दिएछ ।

“म त बस आफ्नो ठाउँमा अडिग रहन्छु ।”

घाँसको मुखबाट शब्द निस्किन नपाउँदै अचानक तीव्र हावाहुरी चल्न थाल्यो । हावाहुरीको वेगसँगै घाँस हल्लिन थाल्यो, तर त्यसले त्यो सङ्कटलाई जित्नका लागि धैर्यपूर्वक पर्खियो । अनि त्यो रुखचाहिँ घाँसको खिल्ली उडाउँदै उभिरह्यो ।

हावाहुरीको बेग झन् झन् बढ्दैगयो । त्यो भयङ्कर आँधीलाई थेग्न नसकेर अन्ततः त्यो रुख घर्लम्मै ढल्यो ।

रुख र घाँस

1:44
0:00 1:44

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।