समुद्री कछुवाका बच्चाहरू बाँच्ने तरिका

14,288 भ्यु
लेख सुन्नुहोस् 3:33

फुल पार्ने समयमा, समुद्री कछुवाहरू हजारौँ किलोमिटर पौडँदै आफू जन्मिएको किनारमा पुग्छन् । आफ्नो घर पुगेपछि, तिनीहरूले बालुवामा खाडल खनेर पिङ-पङ बलको आकार जत्रो अण्डाहरू ५०देखि २००वटा पार्छन् । त्यसपछि अण्डालाई शिकारीबाट जोगाउन र उपयुक्त तापक्रम कायम गरी अण्डा कोरल्न तिनीहरूले खाडललाई तुरुन्तै बालुवाले पुरिदिन्छन् ।

यो नै माउ कछुवाले गर्ने कार्य हो । कोरल्ने र जीवित रहने कुरा बच्चाहरूमा निर्भर हुन्छ । माउले छोडेको दुई महिनापछि अण्डाबाट बच्चाहरू निस्किन्छन् अनि अँध्यारो र कडा बालुवाको खाडलबाट उम्कन सँगै प्रयत्न गर्छन् । खाडलको माथिल्लो भागमा रहेको बच्चाहरूले छतलाई छेड्छन्, बीचमा भएकाहरूले पर्खाल भत्काउँछन्, र तल रहेका बच्चाहरूले चाहिँ माथिबाट झरेको बालुवामा टेक्छन् । यसरी ३देखि ७ दिनसम्म ती बच्चाहरूले मिलेर बाक्लो बालुवाको पर्खाल तोडि एकै समयमा एकसाथ बाहिरी संसारमा निस्किन्छन् ।

एक वैज्ञानिकले परिक्षण गर्ने क्रममा अण्डालाई अलग-अलग गरी गाड्दा तिनीहरूको बाँच्ने सम्भावना केवल २७% मात्र रहेको कुरा पत्ता लगाएका थिए । समुद्री कछुवाहरूमा जन्मदेखि नै एकसाथ बस्नुपर्छ भन्ने स्वाभाविक गुण देखिन्छ । माउ कछुवाले आफ्नो बच्चालाई छोड्न सकेको कारणचाहिँ यहीँ हो ।

समुद्री कछुवाका बच्चाहरू बाँच्ने तरिका

3:33
0:00 3:33

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।