चोट
लेख सुन्नुहोस्
1:50

कुनै एक समयमा एउटा चील गम्भीर रूपमा घाइते भएर पीडामा छटपटाउन थाल्यो । चोटका कारण धेरै माथि उड्न सकिँदैन भन्ने कुरा सोच्दै त्यो चिन्तित भयो र कसैलाई भेट्न चाहेन । यो कुरा थाहा पाएको नाइके चील त्यो घाइते चीललाई भेट्न गयो र त्यसलाई सान्त्वना दियो ।
“मेरा चोटहरू हेर्नुहोस् । यसरी जिउनुभन्दा त मर्नु नै ठीक छ ।”
घाइते चीलको गुनासो सुनेपछि त्यो नाइके चीलले एक शब्द नबोली आफ्नो पखेटा फिजायो । त्यसका पखेटाहरूमा असङ्ख्य चोटहरू थिए ।
“चोट लागेको चीलचाहिँ केवल तिमी मात्र होइनौ । भर्खर जन्मिएको चल्लाबाहेक चोटविना जिउने चीलहरू एउटा पनि हुँदैनन् ।”