फरक दृष्टिकोणबाट हेर्दा

8,417 भ्यु
लेख सुन्नुहोस् 2:06

कुनै एक जना आर्ट टिचरले विद्यार्थीहरूलाई पिकासोको चित्र जस्ताको तस्तै बनाउन भने । त्यो चित्रमा दुई-तीन जना मानिसका अनुहारहरू एकै ठाउँमा मिसिएको देखेर विद्यार्थीहरू अलमल्ल परे ।

कहाँबाट सुरु गर्ने भन्नेबारे अनभिज्ञ भएका विद्यार्थीहरूलाई शिक्षकले त्यो चित्र उल्टो बनाएर हेर्न सुझाव दिए । अचम्मको कुरा, चित्र उल्टो पारेपछि बल्ल विद्यार्थीहरूले बिना कुनै कठिनाइ तस्वीर बनाउन सके । तस्वीरलाई उल्टाउँदा विद्यार्थीहरूले तस्वीरप्रतिको पहिलाको धारणालाई चटक्कै बिर्सिएर केवल धर्को र आकारमा मात्र ध्यान दिन सके ।

हाम्रो जीवन पनि उस्तै हो, जब हामी एक कदम पछि हटेर अर्को दृष्टिकोणबाट समस्यालाई हेर्छौं, तब छुटेका कुराहरू देखिन थाल्छन् ।

फरक दृष्टिकोणबाट हेर्दा

2:06
0:00 2:06

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।