परिपक्व विश्वास

साना केटा-केटीहरू आफूले चाहेजस्तो नहुँदा प्रायः रिसाउने गर्छन् । उनीहरू स्वार्थी स्वभावका हुने भएकोले आफ्ना आमा-बुबाको समस्यालाई समेत वास्ता गर्दैनन् ।
तर वयस्क मानिसहरू भने फरक हुन्छन् । उनीहरूले असहज महसुस गरे पनि अरूको अवस्था बुझिदिएर विचारशील भई त्यो परिस्थितिलाई सहन्छन् ।
परिपक्वको अर्थ शारीरिक रूपमा ठूलो हुनु वा उमेर ढल्किँदै जानु मात्र होइन । जब मानिसको शरीर उसको दिमाग जतिकै परिपक्व हुन्छ, र समझदारीका साथ सही र गलत छुट्याउन सक्छ, तब ऊ वास्तवमै परिपक्व हुन्छ । छोटकरीमा भन्नुपर्दा, मानिस उमेरले होइन तर बुद्धि र विवेकले परिपक्व भएपछि मात्र सच्चा वयस्क हुन्छ ।
आफ्ना छोरा-छोरीहरूले लापरवाही नगरिकन परिपक्वताका साथ सोचविचार गरी बोल्दा बुबा-आमा खुसी हुन्छन् । अपरिपक्व सन्तानहरूले परिपक्व विश्वास लिएर आत्मिक कुरा महसुस गर्दा झन् स्वर्गीय पिता-माता कति खुसी हुनुहुन्छ होला ।
“जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ ।” १ कोर १३:११