अर्केष्ट्राद्वारा सद्भाव सिक्दै

7,967 भ्यु
लेख सुन्नुहोस् 2:31

सन् १९७५मा भेनेजुयलाको एउटा बस्तीमा विशेष बैठक आयोजना गरियो । ‘एल सिस्टेमा’चाहिँ अर्केष्ट्रा सञ्चालक तथा अर्थशास्त्री जोसे एन्टोनियो अब्रेउले ११ जना गरिब बलबालिकाद्वारा निर्माण गरेको अर्केष्ट्रा हो ।

विभिन्न आपराधिक गतिविधिमा परेका सडक बालबालिकाले संगीतको माध्यमद्वारा सान्त्वना र एकताको भाव पाऊन् भन्ने हेतुले यो अर्केष्ट्रा निर्माण गरिएको थियो ।

स्थापनाको चालिस वर्षपछि, ‘एल सिस्टेमा’ एउटा निःशुल्क सङ्गीत प्रशिक्षण कार्यक्रमको रूपमा स्थापित भएको छ, जसमा हाल तीसवटा फरक-फरक देशका ३ लाखभन्दा बढी बालबालिकाहरू सहभागी भइरहेका छन् ।

एल सिस्टेमाचाहिँ बालबालिकाहरूद्वारा निर्मित एउटा अर्केष्ट्रा हो जसले सँगै वाद्ययन्त्र बजाएर आपसी सद्भाव र भातृत्व सिक्छन् । अहिले ती बालबालिकाहरू सडकमा भौंतारिरहेका छैनन्, तर भविष्यको सपना बोकेर हुर्किरहेका छन् ।

अर्केष्ट्राद्वारा सद्भाव सिक्दै

2:31
0:00 2:31

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।