बदमास बच्चालाई सुधार्ने तरिका

प्यारी ◯◯, जिम्मेवार ◯◯, बुद्धिमान् ◯◯… । आफ्नो कक्षाका विद्यार्थीहरूलाई यसरी विशेष उपनाम दिएर बोलाउने एउटी प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । ती शिक्षिकाले कक्षाकै सबैभन्दा बदमास भनेर चिनिएको केटालाई समेत सधैँ ‘असल विद्यार्थी’ भनेर सम्बोधन गर्थिन् । त्यो विद्यार्थीले न त गृहकार्य गर्थ्यो, न कक्षामा चाहिने सामग्रीहरू नै बोकेर आउँथ्यो । उसले कक्षाभरि जहिले पनि बदमासी मात्र गरिरहन्थ्यो । तर पनि ती शिक्षिकाले उसलाई ‘असल विद्यार्थी’ भन्न कहिल्यै छोडिनन् । एक वर्ष पछि, त्यो विद्यार्थी पूर्ण रूपमा परिवर्तन भयो । ऊ साँच्चै नै एक उदाहरणीय र असल विद्यार्थी बन्यो, र कक्षाको मोनिटरको रूपमा नियुक्त भयो ।