समस्या सुल्झाउन लागेको समय

6,786 भ्यु
लेख सुन्नुहोस् 2:27

सन् १९०३मा, न्यूयोर्कमा आयोजित गणितीय सम्मेलनमा लामो समयदेखि विश्वव्यापी चुनौती मानिएको एउटा गणितीय समस्याको समाधान गरियो । समस्या समाधान गर्ने विद्वानचाहिँ कोलम्बिया विश्वविद्यालयका गणितका प्रोफेसर फ्रान्क नेल्सन कोल थिए ।

कोलको प्रस्तुति देखेर उपस्थित गणितज्ञहरूले उठेर ताली बजाए, तर कोलले टाउको हल्लाउँदै यसो भने,

“तपाईंहरूले सोचेजस्तो म त्यति महान् व्यक्ति होइन । तपाईंहरूलाई मैले यो समस्या समाधान गर्न कति समय लगाएँ, जस्तो लाग्छ ?”

“लगभग एक हप्ता होला ।”

कोलले फेरि टाउको हल्लाए ।

“त्यसोभए एक महिना लाग्यो होला, योभन्दा बढी समय त पक्कै लागेन होला, होइन र ?”

कोलले हल्का मुस्कुराउँदै जवाफ दिए,

“मैले तीन वर्षसम्म हरेक आइतबार यो समस्या सुल्झाउन प्रयास गरें । मैले अरूभन्दा अलिकति बढि मिहिनेत मात्र गरेको हुँ ।”

समस्या सुल्झाउन लागेको समय

2:27
0:00 2:27

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।