बोलीको शक्ति

14,924 भ्यु
लेख सुन्नुहोस् 4:05

“बोल्ने क्रममा सधैँ सावधान रहनुपर्छ ।”

“एक चोटि मुखबाट निस्किएको शब्दलाई क्षमा गर्न त सकिन्छ, तर बिर्सन सकिँदैन ।”

“जिब्रोमा हाड नभए पनि यसले जो कोहीको मन दुखाउन सक्छ ।”

हामीले बोल्ने बोलीबारे थुप्रै भनाइहरू छन् । सोच्दै नसोची बोलेको शब्दले जो कोहीलाई समस्यामा पार्न सक्छ । त्यसैले यी भनाइहरूमा बोल्दाखेरी होशियार रहनुपर्छ भनेर चेताउनी दिइएको छ । ठट्टा गर्दै बेपर्वाह भएर बोलेका शब्दहरूले , सम्बन्धमा कहिल्यै पनि सुधार्नै नसकिने नकारात्मक परिणाम निम्त्याउन सक्छ । सानो भन्दा सानो कुराले पनि ठूलो रूप लिन सक्ने भएकोले बोलीको शक्ति संसारको जुनसुकै हतियारभन्दा पनि बढी शक्तिशाली हुन्छ ।

किनकि हामी सबै धेरै भूल गर्दछौं । जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ । याकूब ३:२

हामी पूर्ण मानिस नभएकोले बोल्ने क्रममा गल्ती हुन सक्छ । तसर्थ सावधान भएर गल्ती नगर्नु नै सबैभन्दा उत्तम उपाय हो । तर कथमकथाचित गल्ती भइहाल्यो भने ईमानदार भएर गल्तीलाई स्वीकारी माफी माग्नुपर्छ । त्यसो गरेमा सबै कुरा समाधान गर्न सकिन्छ । यस्तो परिस्थितिमा आफ्नो प्रतिष्ठा र गौरवको फिक्री नगरीकन आफूले मन दुखाएको व्यक्तिको अवस्थालाई सोचिदिँदै विचारशील हुनुपर्छ । वास्तवमा यो नै खोटरहित हुनुभएका परमेश्वरले हाम्रो निम्ति आफै बलिदान हुनुभएर देखाउनुभएको प्रेम हो ।

बोलीको शक्ति

4:05
0:00 4:05

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।