उड्न चाहनुहुन्छ भने

15,094 भ्यु
लेख सुन्नुहोस् 4:43

सिकर्मी मौरीहरू बिहान सबेरैदेखि मह जम्मा पार्नका लागि एउटा फूलबाट अर्को फूलमा डुलिरहन्छन् । साधारण मौरीहरूको तुलनामा तिनीहरूको शरीर ठूलो र भकुल्लो भए पनि तिनीहरूको पखेटाचाहिँ एकदमै सानो हुन्छ । हावाको गतिशिलताको दृष्टिकोणबाट हेर्ने हो भने तिनीहरूको शरीरको संरचना उडानको लागि उपयुक्त हुँदैन ।

त्यसोभए उड्नमा खासै मद्दत नगर्ने ती साना पखेटाहरूका सहाराले मौरीहरू कसरी उड्न सक्छन् होला ? त्यसको रहस्यचाहिँ उनीहरूले पखेटा फडफडाउने तरिकामा छ । यदि यी मौरीहरूले अन्य मौरीहरू जत्तिकै मात्र पखेटा फडफडाए भने तिनीहरू कहिल्यै उड्न सक्दैनन् । त्यसैले तिनीहरूले अरू मौरीले भन्दा धेरै गुणा बढी मिहिनेतका साथ पखेटा फडफडाउँछन् । तिनीहरूले एक सेकेन्डमा २०० पटक भन्दा बढी आफ्नो पखेटा फडफडाउँछन् । फलस्वरूप, उनीहरूको कोखाको मांसपेशी यति बलियो गरी विकसित हुन्छ कि हावामा तैरिन समेत गाह्रो पर्ने आफ्नो शरीरलाई उनीहरूले २०० किलोमिटर भन्दा बढी दूरीसम्म उडाउन सक्छन् ।

के तपाईं पनि परमेश्वरले दिनुभएको सुसमाचारको जिम्मेवारी पूरा गर्न मसँग क्षमता छैन भन्दै प्रयास नै नगरी बसिरहनुभएको त छैन ? यहाँहरूसँग भएको क्षमताको पखेटा सानै भए पनि निराश हुन जरूरी छैन । मह बटुल्नको लागि इमान्दारितापूर्वक पखेटा फडफडाउने सिकर्मी मौरीहरूजस्तै, उद्देश्यलाई हासिल गर्न हरेस नखाई निरन्तर प्रयास गऱ्यो भने पूरा गर्न नसकिने कुरा केही छैन । सुसमाचारको स्पष्ट उद्देश्य बनाएर त्यो पूरा गर्नको निम्ति निरन्तर प्रयास गऱ्यो भने हामी सबैले परमेश्वरभित्र सबै कुरा गर्न सक्नेछौं ।

जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु । फिलिप्पी ४:१३

उड्न चाहनुहुन्छ भने

4:43
0:00 4:43

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।