अन्तर्राष्ट्रिय सहकारी सम्मेलन

यूएन अनि सबै देशका सरकारी निकायसँगको साझेदारीमा मानव-जातिको शान्ति र खुशीको समान लक्ष्यको निम्ति हामीहरू अथक परिश्रम गर्दछौं ।

हामी संसारसँग दिगो शान्तिको बाटो खोल्दछौं

अहिले विश्वव्यापी गाउँले मौसम परिवर्तन, भूकम्प, ज्वालामुखी विस्फोटन, आतङ्क, युद्ध जस्ता हरेक किसिमका विपत्तिका कारण पीडा भोगिरहेको छ । हाम्रो सहयोगको हातको खाँचो पर्ने छिमेकीहरू हाम्रा वरिपरि थुप्रै छन् । यस्ता अन्तर्राष्ट्रिय समस्याहरू समाधान गर्नको निम्ति समाज, देश र संसारका प्रत्येक व्यक्तिले सहकार्य गर्नुपर्छ ।

परमेश्वरको मण्डलीले यूएन, सरकारी निकायहरू, विश्वविद्यालय लगायत अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग साझेदारी निर्माण गरेर वातावरण संरक्षण, मानव अधिकार सुरक्षा, शिक्षा समर्थन र यूएन दिगो विकास लक्ष्यहरू कार्यान्वयन गर्नको निम्ति निरन्तर एकसाथ कार्य गरिरहेको छ । हामीहरू परिवारको रेखदेख गर्नुहुने आमाको प्रेमद्वारा, मानव-जाति र विश्वव्यापी वातावरणको भविष्यप्रति चिन्तित हुँदै मानव-जातिको आशापूर्ण भविष्य र दिगो विकासको निम्ति विश्वव्यापी समुदायसँग आपसी समझ र सद्भाव कायम राख्दछौं ।