आशापूर्ण सन् २०१९ पवित्र पात्रोअनुसार नव वर्ष उदाएको छ । पवित्र पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन(अप्रिल ५ तारिख)भन्दा ४ दिनअघि अप्रिल १ तारिखदेखि कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा पवित्र आत्माको उपस्थितिमा सन् २०१९ नियमित महासभाको आयोजना गरियो । ‘विश्व सुसमाचार पूरा गरेर मानव-जातिलाई आशा प्रदान गरौं’ भन्ने नाराका साथ आयोजित यो वर्षको नियमित महासभामा कोरिया मात्र नभएर विदेशका पादरी कर्मचारीहरूको पनि सहभागिता रह्यो । सबै पादरी कर्मचारीहरूले उज्ज्वल सुसमाचारको प्रतिफल प्राप्त गरेको सन् २०१८लाई बिदाइ गरेर सन् २०१९को नयाँ भिजन लिए । अगमवक्ताहरूले ६ रात ७ दिनसम्म परमेश्वरको वचनमा पूर्ण ध्यान केन्द्रित गरे, अनि विश्व सुसमाचारको खबर निरन्तर सुनेर प्रकाशको गतिमा विश्व सुसमाचारको अगमवाणी पूरा गर्नुहुने परमेश्वरको शक्तिलाई अनुभव गरे । यसको साथै उनीहरूले अगमवक्ताको मनस्थिति र मानसिकता, मण्डलीको धार्मिक र सामाजिक जिम्मेवारीलाई हृदयमा खोप्ने समय लिए ।
पादरी कर्मचारी लगायत पद तथा जिम्मेवारी पाएका व्यक्तिहरूको सहभागिता रहेको नियमित महासभाको पुरस्कार वितरण समारोह (मार्च ३१ तारिख), नियमित महासभाको उद्घाटन आराधना र सम्झनात्मक आराधना जस्ता हरेक चरणहरूमा माताले पादरी कर्मचारीहरूको प्रशंसा गर्नुभयो । माताले “सन्तानहरूलाई बचाउन आफ्नो प्राणसमेत दिनुभएका पिताको स्वरूपमा मिलेर प्रेम र बलिदानद्वारा आत्मा बचाउने कार्यमा परिश्रम गर्दै, नम्रता र धैयर्ताद्वारा सन्तानहरूलाई सही तरिकाले डोऱ्याइदिनुभएकोमा धन्यवाद” भन्नुहुँदै पवित्र आत्माको आशिष् प्रशस्त खन्याइदिनुभयो ।
त्यसको साथै “परमेश्वरले आफ्नो प्राण त्याग्नुभएर बलिदानद्वारा नयाँ करार निस्तार-चाड प्रदान गर्नुभएकोले त्यसको मूल्यलाई बुझेर आनन्द र धन्यवादसाथ आशिष्मा सहभागी होऔं, अनि संसारमा सत्यताको निम्ति तिर्खाइरहेका आत्माहरूलाई खोजेर बचाउने अगमवक्ताको कर्तव्य पूरा गर्न भरमग्दूर कोसिस गरौं” भन्नुहुँदै माताले पादरी कर्मचारीमा हुनुपर्ने सद्गुणहरूबारे विस्तृत रूपले शिक्षा दिनुभयो । त्यो नै एकता, कार्यान्वयन र सेवाको मनोवृत्ति हो ।
सन्तहरूचाहिँ एक-आपसमा फरक परिवेश र फरक सोचाइमा जिउँदैआएका हुँदा माताले उनीहरूलाई प्रोत्साहन दिँदै एकताबद्ध हुन अगमवक्ताहरूसमक्ष आग्रह गर्नुभयो, अनि “व्यवहारमा लागू गर्नुचाहिँ पूरै शरीरलाई डोऱ्याउने मार्गनिर्देशक हो” भन्नुभएका पिताको वचन सुनाइदिनुहुँदै, परमेश्वरबाट सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्नु सबैभन्दा महत्त्वपूर्ण छ भन्ने वचन दिनुभयो ।
त्यो प्रक्रियामा कहिलेकहीँ कष्ट र परीक्षा आए तापनि अन्तिममा आशिष् दिनको निम्ति परमेश्वरले तयार गर्नुभएको खारिने प्रक्रिया हो भनी विश्वास गर्दै त्यसमाथि विजय गरेर “पिताले उदाहरण देखाइदिनुभएबमोजिम नम्रतापूर्वक सन्तहरूको सेवा गर्दै परमेश्वरलाई खुशी दिलाउने सुसमाचारको कार्य गरेमा ७ अरब प्रचार मिसन शीघ्र पूरा हुनेछ” भन्नुहुँदै नयाँ गरी जन्मिन प्रोत्साहन दिनुभयो (मत्ती १३:४४-५०; १ थेस ४:१६-१७; व्य ८:१-६; १ पत्र १:७-९; रोम ८:१६-१८; मत्ती २५:१-१३) ।
सन् २०१८को सुसमाचारको परिणाम र प्रतिवेदन, महादेशपिच्छे सुसमाचारको लेखाजोखा इत्यादिद्वारा गत एक वर्षलाई फर्किहेरेका पादरी कर्मचारीहरूलाई महासचिव पास्टर गिम जु छलले “सन् २०१८चाहिँ ‘मचाहिँ मातालाई पछ्याउँछु’ भन्नुभएका पिताको इच्छालाई विश्वभरिका पादरी कर्मचारीहरू र सन्तहरूले एकै मनद्वारा पछ्याएको एक वर्ष रह्यो” भन्नुहुँदै नव वर्षमा पनि सबैलाई एकताद्वारा माताको शिक्षालाई कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।
उहाँले “सयौँ कठिनाइहरू आइपरे तापनि परमेश्वरले सम्भव गराइदिनुहुनेछ भन्ने विश्वास लिएर ‘सामरिया र पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार घोषणा गर’ भन्ने वचनलाई कार्यान्वयन गर्नमा परिश्रम गरेका क्षेत्रहरूमा प्रशस्त सुसमाचारको प्रतिफल प्राप्त भएका छन्” भन्नुहुँदै पिता र माताले अनुरोध गर्नुभएजस्तै, ‘व्यवहारमा लागू’ गर्नको लागि दृढ विश्वास हुन नितान्त आवश्यक रहेको कुरा बताउनुभयो ।
उहाँले “प्रेरित पावल र पत्रुस आबद्ध रहेका सुरुको मण्डलीका उत्तरावर्तीहरू हुन पाएको कुरामा गर्व गरौं, अनि आफ्नो सोचाइ र हठीपनालाई फालेर परमेश्वरले सियोन स्थापना गर्नुको उद्देश्य र निर्देशनसँग सुहाउँदो तवरले मण्डलीको हेरचाह गर्दै सन्तहरूलाई डोऱ्याऔं” भन्नुहुँदै अगमवक्ताको मनस्थिति बोध गराइदिनुभयो ।
पास्टर गिम जु छलले जोड दिनुभएको अर्को एउटा कुराचाहिँ ‘पश्चात्ताप’ थियो । परमेश्वरको इच्छालाई शिरोपर गर्ने पादरी कार्य र धार्मिक जीवनमा साँचो पश्चात्ताप अपरिहार्य छ, अनि प्रचार कार्यचाहिँ ‘पश्चातापलाई व्यक्त गर्ने कार्य’ हुनुको साथै अरूहरूलाई पनि पापबाट फर्कने गराउने कार्य हो भनेर उहाँले जोड दिनुभयो । उहाँले “बाहिरी वातावरणको वशमा पर्ने होइनकि साँचो पश्चात्ताप र निष्कपट विश्वासको जग बसालेर माताको वचनलाई कार्यान्वयन गरी पिताबाट ‘साँच्चै प्रशंसायोग्य हुनुहुन्छ । मलाई गर्व लाग्छ’ भन्ने प्रशंसा पाउने सन् २०१९ बनाऔं” भन्नुभएर बल थपिदिनुभयो ।
प्रशिक्षण र लेखाजोखा तथा योजनाका भेलाबाहेक सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी, ‘खुशी परिवार’ अन्तर्राष्ट्रिय सम्मेलन, विश्वव्यापी पादरी कर्मचारी सम्मेलन, विश्वव्यापी पादरी कर्मचारी फोरम जस्ता विविध गतिविधिहरूद्वारा पादरी कर्मचारीले मानव-जातिलाई मुक्ति र खुशीमा डोऱ्याउने सत्यताको मूल्य र अगमवक्ताको भूमिकालाई पक्का गरी जाने ।
कार्यतालिकाको अन्तिम दिनमा विदेशका स्थानीय पादरी कर्मचारीहरूले कोरियाको ग्यङबुग दरबार लगायतका आकर्षणस्थलहरूको भ्रमण गरेर कोरियाली संस्कृति अनुभव गर्ने समय लिए । अर्कातिर, कोरियाली पादरी कर्मचारीहरूले चाहिँ कोरियाको सउल ग्वानाग मण्डलीमा आयोजित ‘बुबाको साँचो हृदय’ प्रदर्शनीको अवलोकन गरेर आत्मिक र शारीरिक बुबाको शान्त प्रेमलाई महसुस गर्दै मनमा ताजगी प्राप्त गर्ने समय लिए ।
सम्पूर्ण मानव-जातिलाई प्रेम गर्नुहुने एलोहिम परमेश्वरको इच्छालाई पादरी कर्मचारी र सन्तहरूले हृदयमा गहिरो गरी खोपे । एलोहिम परमेश्वरको प्रेमद्वारा विश्व सुसमाचार पूरा गरेर परिवार, समाज र सारा मानव-जातिमा मुक्तिको आशा र खुशीयाली रोपिदिनको निम्ति उनीहरूको पाइला अझ शक्तिशाली र गतिशील बन्दैगएको छ ।