ऐनामा हेर्दाखेरि तपाईंलाई आफ्नो अनुहार बुबा-आमासँग मिल्छ जस्तो लाग्छ ? तपाईंको बच्चाले, तपाईंले जस्तै गरेर बोलेको र काम गरेको देखेर छक्क पर्नुभएको छ ? दाजुभाइ-दिदीबहिनीसँगै बाहिर जाँदा आफूले नभने पनि अन्य मानिसहरूले तपाईंलाई एउटै परिवारको रूपमा हेरेको त्यस्तो अवस्था छ कि ? वरिपरिका मानिसहरूले तपाईंको स्वरूप तपाईंको पति वा पत्नीजस्तै छ भनेको कहिल्यै सुन्नुभएको छ ?

परिवारका सदस्यहरूको शारीरिक स्वरूप मात्र नभएर आनीबानी, स्वाद, रुचि, सोर र भावनात्मक अभिव्यक्तिसमेत मिल्दोजुल्दो हुन्छ । कोषिकाको भूमिका पनि एकदमै महत्त्वपूर्ण त हुन्छ, तर मानिसहरूमा वरिपरिको वातावरणले बढी प्रभाव पार्ने भएकोले एउटै वातावरणमा जीवन बिताइरहेका परिवारका सदस्यहरूबीच मिल्दोजुल्दो पक्ष हुनु स्वाभाविक हो । अरूभन्दा पनि आफूले एकदमै प्रेम गरेको व्यक्तिले जे गऱ्यो त्यसैलाई पछ्याउन मन लाग्छ, अनि उक्त व्यक्तिलाई पछ्याउँदा अन्त्यमा आफू पनि त्यो व्यक्तिजस्तै बन्न पुगिन्छ ।
यो महिना आफ्नो परिवारका सदस्यहरूसँग मिल्दोजुल्दो पक्ष के हो, दिनमा एउटा पत्ता लगाउनुहोस् । मानिसचाहिँ आफूजस्तै देखिने अन्य मानिसप्रति अझ बढी आकर्षित हुन्छ भन्ने गरिन्छ । मिल्दोजुल्दो पक्ष एक-एक गर्दै जति पत्ता लगाउँदैगयो उति नै अझ नजिक हुन पुगिन्छ नि ?
- सुझाव
- आफ्नो परिवारलाई एकदमै रुचिसाथ हेर्नुहोस् ।
- ‘टेलिप्याथी जाँच’ गर्नुहोस् । (कोक/स्प्राइट, सुन्तला रङ/हरियो रङ, पहाड/समुद्र, यी शब्दहरूमध्ये प्रत्येक व्यक्तिले एकै समयमा आ-आफ्नो अभिरुचि बताउने)
- मिल्दोजुल्दो पक्षलाई कागजमा लेख्नुहोस् ।
- एक आपसमा मिल्दोजुल्दो पक्ष हुनुको फाइदाबारे छलफल गर्नुहोस् ।
- मिल्दोजुल्दो पक्षहरूमा सुधार गर्नुपर्ने पक्षबारे छलफल गर्नुहोस् ।
- एक आपसमा मिलाउन मन लागेको पक्ष पत्ता लगाउनुहोस् ।