
माछालाई पौडिन सिकाउन नपरेजस्तै मेफ्लाइ(Mayfly)को अगाडि छोटो जीवनको बारेमा कुरा गरिरहन आवश्यक छैन । वयस्क मेफ्लाइको आयु एकदमै छोटो हुन्छ । प्रजातिअनुसार आयुमा थोरै फरक पर्न सक्ला, तर तिनीहरूको आयु बढीमा २ हप्ता हो । तिनीहरूले यो संसारमा आउनलाई कति समय पर्खन्छन् भन्ने कुरा के तपाईंलाई थाहा छ ?
१,००० दिन पर्खन्छन् । निम्फको रूपमा पानीमा रहेर अलि वयस्क नहोउञ्जेल तिनीहरूले २० पटकभन्दा बढी छाला फेर्छन् । जतिसुकै छोटो आयु भएको जीव नै भए पनि यो संसारमा आउनलाई सजिलो छैन भन्ने कुरा देखाउन खोजेझैँ गरेर, तिनीहरूले लामो समयसम्म लगातार छाला फेर्छन् । अनि त्यसपछि वंश विस्तार गर्ने मिसन पूरा गर्न हतारमा यताउता उडिरहन्छन् । तिनीहरूले न अल्छी गर्छन्, न त भोलिको लागि कुनै काम साँचेर राख्छन् । तिनीहरू आफ्नो समयलाई अमूल्य ठान्दै सक्दो धेरै परिश्रम गर्छन् ।
छोटो समय जिउने मेफ्लाइलाई नगण्य ठान्ने मानिसहरूलाई मेफ्लाइले यसो भन्दछ, “हामी आफ्नो मिशन जान्दछौं । त्यसैले हामीले हजार दिन पर्खनुपर्ने पनि त्यो पर्खाइ व्यर्थ जाँदैन । बरु उल्टै यो एक दिनको आयु नै पनि हामी अर्थपूर्ण ढङ्गले जिउन सक्छौं ।”