किनभने परमेश्वरको कृपालु हात ममाथि थियो

नहे २:१-२०

15,816 भ्यु

यरूशलेम सहर उजाड भइरहेको छ भन्ने खबर सुनेर उदास भएका नहेम्याहले धेरै दिनसम्म प्रार्थना गरे, र अर्तासास्त राजाको समर्थनमा यरूशलेम मन्दिर पुनर्निमार्ण गर्न यहूदा गए ।

नहेम्याहले यरूशलेम पुगेर भत्केको पर्खालको निरीक्षण गरे । अनि यहूदीहरूलाई भेला गरेर यसो भने,

“तिमीहरू हाम्रो दुर्दशा जान्दछौ । यरूशलेम उजाड भएको छ । त्यसका मूल ढोकाहरू आगोले भस्म भएका छन् । आओ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्दा हटाऔं ।”

जब नहेम्याहले तिनीहरूलाई परमेश्वरको कृपालु हात कसरी उनीमाथि परेको थियो, र राजाले उनलाई के भनेका थिए भन्ने कुरा बताए तब इस्राएलीहरू प्रभावित भए, र भने,

“हो, हामी पुनर्निर्माणको काम सँगै सुरु गरौं ।”

तर जब होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबिया, र अरबी गेशेमले निर्माणको कुरा सुने, उनीहरूले इस्राएलीहरूको गिल्ला र खिसी गरे ।

“तिमीहरू के गरिरहेछौं ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र ?”

तिनीहरूले गिल्ला गरे पनि नहेम्याहले साहसी हुँदै जवाफ दिए ।

“स्वर्गका परमेश्वरले हामीलाई सफल तुल्याउनुहुनेछ । तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्पराको अधिकार छैन ।”

यस्तो सहासपूर्ण कार्यचाहिँ विश्वासबाट आउँछ । विश्वास डगमगाएको अवस्थामा एउटा कमजोर बोलीले समेत लोट्ने अवस्थामा पुऱ्याउँछ ।

तर यरूशलेम पुनर्निमाण कार्यको गिल्ला गर्ने मानिसहरूको कुरा सुनेर नहेम्याह कत्ति पनि डगमगाएनन् । किनभने उनले यरूशलेम पुनर्निर्माणको मिसन पूरा गर्नको लागि परमेश्वरको कृपालु हात उनीमाथि हुनेछ भन्ने कुरामा दृढ विश्वास गरेका थिए ।

परमेश्वरले निश्चय नै सहयोग गर्नुहुनेछ भनी विश्वास गर्दै शत्रुहरूको चरम अवरोधको बाबजुद पनि नडगमगाइकन अगि बढेका नहेम्याहको साहसले यस युगमा सुसमाचार कार्य पूरा गर्ने मिसनप्रति हामीलाई जागृत गराएको छ । सधैँ हाम्रो साथमा रहनुभएर हामीलाई मद्दत गर्न तत्पर हुनुभएका परमेश्वरको शक्तिमा भरोसा गर्दै विश्वासका साथ अगि बढौं ।