जोसन राजवंशको इतिहासमा पहिलो राजा तेजोदेखि २५औँ राजा छलजोङसम्म, करीब ४७२ वर्षको जोसन राजवंशको शासनकाल समेटिएको छ । १,८०० भन्दा बढी खण्डहरू मिलेर बनेको जोसन राजवंशको इतिहासमा जोसनको राजनीति, कूटनीति, शिक्षा, अर्थतन्त्र, उद्योग, सैन्य मामिला, धर्म, यातायात, कला र संस्कृतिहरू विस्तृत रूपमा अभिलेख छन् । एकदमै समर्पित भएर राजाको हिफाजत गर्ने अधिकारीहरूद्वारा लिखित त्यो इतिहासमा शाही गतिविधिका हरेक पक्षको विवरण विस्तृत रूपमा गरिएको छ ।

सन् १९९७ मा, UNESCOले जोसन राजवंशको इतिहासको सांस्कृतिक मूल्यलाई मान्यता दिँदै विश्व वृत्तचित्र सम्पदाको रूपमा दर्ता गर्यो । जोसन राजवंशको इतिहास लगायत अन्य ऐतिहासिक पुस्तकहरू अमूल्य छन्, किनभने तिनीहरूमा सयौं वर्षको विगतको इतिहास समेटिएको छ ।
बाइबललाई ऐतिहासिक पुस्तक मान्न सकिन्छ, किनकि यसमा इस्राएलको इतिहासको एक महत्त्वपूर्ण भागलाई समेटिएको छ । यद्यपि, यसको विशेषता सामान्य इतिहासका पुस्तकहरू भन्दा फरक छ । साधारण इतिहासका पुस्तकहरूमा केवल विगतको इतिहास मात्र अभिलेख हुन्छ, तर बाइबलमा विगतको इतिहास मात्र नभएर ‘भविष्यको इतिहास’ पनि उल्लेख गरिएको छ । छोटकरीमा भन्नुपर्दा, बाइबल एउटा ‘इतिहासको पुस्तक’ र ‘अगमवाणीको पुस्तक’ हो जसमा विगतको इतिहास लगायत भविष्यमा हुन आउने कुराहरू अभिलेख गरिएको छ ।
२,००० वर्षअघि, चेलाहरूले ख्रीष्टको रूपमा आउनुभएका येशूज्यूले दिनुभएको शिक्षा र यो पृथ्वीमा उहाँले गर्नुभएको सेभाकार्यको विषयमा अभिलेख गरे । चार सुसमाचारका पुस्तकहरूमा रोमी सिपाहीहरूले येशूज्यूलाई कोर्रा लगाएको, गिल्ला गरेको कुरा समावेश गरिनुका साथै येशूज्यूले क्रूसको पीडा सहनुभएको कुरा चित्रण गरिएको छ ।
“तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए । तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्मै पल्टनलाई उहाँको सामुन्ने भेला गराए । तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए । तिनीहरूले काँढाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँडा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, ‘हे यहूदीहरूका राजा, प्रणाम ।’ तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए । उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र पहिराएर उहाँलाई क्रुसमा झुण्ड्याउन लगे ।” मत्ती २७:२६-३१
तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो । यूह १९:३४
आश्चर्यको कुरा, चेलाहरूले अभिलेख गरेको यो इतिहास सयौँ वर्षअघि नै अगमवाणी गरिएको थियो ।
“ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित । ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन् । ऊ घृणित थियो, र हामीले उसलाई केही मोलका गनेनौं । निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं । तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो । हाम्रा अधर्मको निम्ति ऊ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं ।” यशै ५३:३-५
यशैयाको पुस्तकचाहिँ येशूज्यू यो पृथ्वीमा आउनुभन्दा करीब ७०० वर्षअघि लेखिएको थियो । बाइबलमा ख्रीष्टले भविष्यमा भोग्नुपर्ने कष्टको विषयमा ७०० वर्षअघि नै विस्तृत रूपमा अगमवाणी गरिएको थियो । यति मात्र होइन । उहाँ कन्याबाट जन्मनुहुनेछ र बेथलेहेममा जन्मनुहुनेछ भन्ने अगमवाणीअनुसार, येशूज्यू कन्या मरियमबाट जन्मनुभयो र बेथलेहेमको सानो शहरमा जन्मनुभयो (यशै ७:१४, मीका ५:२, मत्ती १:१८-२३, मत्ती २:१-६)। यसरी बाइबलमा अगमवाणी गरिएका कुराहरू जस्ताको तस्तै पूरा भयो ।
किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् । २ पत्र १:२१

बाइबलचाहिँ परमेश्वरको इच्छा हो । विगतको इतिहासबारे जो कोहीले भन्न सक्छ, तर भविष्यको बारेमा कसैले पनि सही जानकारी दिन सक्दैन । योचाहिँ केवल परमेश्वरले मात्र जानकारी दिन सक्नुहुने कुरा हो, अर्थात् केवल परमेश्वरले मात्र भविष्य देख्न सक्नुहुन्छ भन्ने अर्थ हो ।
“इस्राएलका परमपवित्र र यसका सृष्टिकर्ता परमप्रभु भन्नुहुन्छ: आउने कुराहरूका विषयमा, के तिमीहरू . . . प्रश्न सोध्छौ ?” यशैया ४५:११
मानव इतिहासमा हजारौं वर्षदेखि बाइबलमा उल्लेखित असङ्ख्य अगमवाणीहरू पूरा भएका छन् । अब भविष्यमा हुने अगमवाणी पूरा हुन बाँकी छ ।
“तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए । समुद्र त अब छँदैथिएन । . . . ‘उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक, र पीडा पनि हुनेछैन । किनकि पहिलेका कुराहरू बितिसकेका छन् ।’ ” प्रका २१:१-४
बाइबलको अन्तिम अगमवाणी स्वर्गीय राज्य हो जसलाई नयाँ स्वर्ग र नयाँ पृथ्वीको रूपमा व्यक्त गरिएको छ । यो अगमवाणी पूरा भएसँगै, बाइबलका सम्पूर्ण अगमवाणीहरू सफल हुनेछन् । मृत्यु, पीडा, र आँसु नभएको स्वर्गचाहिँ न त काल्पनिक ठाउँ हो, न त कसैले सिर्जना गरेको परी कथाको संसार नै हो । वास्तवमा योचाहिँ परमेश्वरको वचन समाविष्ट बाइबलमा जानकारी दिइएको हाम्रो भविष्य हो ।