म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु

मत्ती १६:१३-२०

16,961 भ्यु

येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो,

“मानिसहरूले म को हुँ भनी भन्छन् ?”

“बप्तिस्मा-दिने यूहन्ना वा एलिया !”

“कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना हुन् भनी भन्छन् !”

चेलाहरूको कुरा सुनेर, येशूज्यूले फेरि तिनीहरूलाई सोध्नुभयो,

“तिमीहरू के भन्छौ, म को हुँ ?”

पत्रुसले विश्वासका साथ जवाफ दिए,

“तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र ।”

“सिमोन ! तिमी धन्यका हौ । किनभने स्वर्गमा हुनुहुने मेरा पिताले तिमीलाई यो प्रकट गर्नुभएको हो ।”

उहाँलाई सही तरिकाले चिनेका पत्रुसमाथि येशूज्यूले विशेष अनुग्रह गर्नुभयो ।

“म तिमीलाई भन्दछु कि, तिमी पत्रुस (चट्टान) हौ । म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन् । म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ ।”

येशूज्यूले जौका पाँच रोटी र दुई माछाहरू पाँच हजार मानिसहरूलाई खुवाउँदा, धेरै जनाले उहाँलाई पछ्याए तर उनीहरूले येशूज्यूलाई आश्चर्यको चमत्कार गर्ने अगमवक्ताहरूमध्येको एक हुनुहुन्छ भनी बुझे । तर पत्रुसले भने फरक तरिकाले बुझे । “तपाईं जीवित परमेश्वरका पुत्र हुनुहुन्छ,” भन्ने बोली नै येशूज्यू परमेश्वर हुनुहुन्छ भनेर झल्काउने तिनको विश्वास थियो (यशै ९:६) । त्यसैले येशूज्यू शरीरमा आउनुभएका परमेश्वर हुनुहुन्छ भनी महसुस गरेका पत्रुसलाई स्वर्गको राज्यका साँचाहरू दिइयो ।

बाइबलको अगमवाणीअनुसार, परमेश्वर यो संसारमा दोस्रो पल्ट मानिसको रूपमा आउनुभयो । यो युगमा कसले स्वर्गको राज्यका साँचाहरू पाउँछन् होला ? उनीहरूचाहिँ २,००० वर्षअघि पत्रुसले जस्तै शरीरमा आउनुभएका परमेश्वरलाई सही तरिकाले चिनेर परमेश्वरबाट विशेष अनुग्रह प्राप्त गर्ने सन्तहरू हुन् । ती सन्तहरू नै पवित्र आत्माको युगका मुक्तिदाता अर्थात् पवित्र आत्मा र दुलही ग्रहण गर्ने हामीहरू हौं ।