‘स्पागेटी फल्ने रूख छ र ?’
सन् १९५७ अप्रिल १ तारिखमा, बेलायतको BBCबाट ‘अप्रिल फुल्स डे(मूर्ख दिवस)’मा गलत समाचार प्रसारण गरिएको थियो । योजस्तै रमाइलोको लागि प्रसारित गलत समाचारले समाजमा खैलाबैला मच्चाउँछ । गलत जानकारीलाई कुनै लेखको ढाँचामा अनलाइनमा राखिएका गलत समाचारहरूले धेरै मानिसहरूलाई झुक्याइरहेको छ ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव नजिकिरहेको गत ग्रीष्ममा, इन्टरनेटमा केही उम्मेदवारलाई चाहिँ अनुकूल हुने तर विपक्षी उम्मेदवारलाई चाहिँ हानि पुग्ने गलत समाचारहरू धेरै थिए । शंकास्पद लागेर, सञ्चार माध्यमहरूले ती लेखलाई पत्ता लगाए र ती गलत लेखहरूका अधिकांश स्रोतचाहिँ दक्षिण-पूर्व यूरोपको देश, माकेडोनियाको ‘भेलेस’ नाम गरेको सानो गाउँ रहेको पाइयो । केही किशोरहरूले यसलाई ‘डिजिटल गोल्ड रश’को रूपमा सङ्केत गर्दै गलत समाचारहरू बनाइरहेका थिए ।
वास्तवमा गलत समाचारले अमेरिकी राष्ट्रपतीय चुनावमा समेत असर पारेको कुरा सञ्चार माध्यमहरूले विश्लेषण गरे । धारिलो छुरा लुकेको गलत समाचार अशुद्ध मनसायले गढेको छ र ठूलो मात्रामा फैलिरहेको छ ।
गलत समाचार सामाजिक सञ्जालमा तीव्र गतिमा फैलन्छ । धेरै मानिसहरूमाझ फैलँदैजाँदा यसले आखिरमा साँचो समाचारको जस्तै रूप लिन्छ । तीमाथि केही बनावटी तस्वीरसहितको गलत समाचार बनाउने एप्लिकेसन र सही होमपेजजस्तै सजिएका वेबसाइटहरूले आगोमा घिउ थप्ने काम गर्छ । कोरियाली सञ्चार माध्यमहरूले पनि एक समय विदेशी गलत समाचारलाई उद्धृत गर्दा तुरुन्त क्षमायाचनाको सूचना प्रसारण गर्नुपरेको थियो ।
गलत समाचारले कसैको पूर्वाग्रहलाई बलियो बनाउनुको साथै विपक्षीप्रति शत्रुता बढाउने गरेको कुरा विशेषज्ञहरू बताउँछन् । गलत समाचारको सबैभन्दा ठूलो कारक भनेको आफ्नै मान्यता वा अवधारणासँग मेल खाने जानकारीलाई मात्र स्वीकार्ने प्रवृत्ति अर्थात् ‘पुष्टि पूर्वाग्रह’ हो भन्ने गरिन्छ । बेलायती अक्स्फर्ड शब्दकोशको सन् २०१६को शब्दको रूपमा ‘पोस्ट-ट्रुथ (Post-truth)’को चयन अप्रासंगिक छैन । पोस्ट-ट्रुथचाहिँ भावनात्मक र व्यक्तिगत मान्यताभन्दा पनि आम सोचाइलाई आकार दिनमा कम प्रभावकारी रहने वस्तुपरक तथ्यलाई जनाउने परिस्थिति हो । उक्त शब्दलाई, बेलायतलाई यूरोपेली सङ्गठनबाट निकालेर अमेरिकी राष्ट्रपतीय चुनावमा राखिने निर्णय गरिएको ब्रेक्सिट मतको सम्बन्धमा अक्सर प्रयोग गरियो । आर्थिक सङ्कटको चिन्ताबाट मुक्त हुन र शरणार्थी र आप्रवासीहरूलाई दोष लगाउँदै मनोवैज्ञानिक स्थिरता प्राप्त गर्न मेल खाने गलत समाचारहरूले विश्वास प्राप्त गऱ्यो र फलस्वरूप राजनीतिलाई समेत असर पाऱ्यो ।
मानिसहरू आफूले विश्वास गर्न र सुन्न चाहेको कुरा मात्र विश्वास गर्न र सुन्न रुचाउँछन् । सुन्दा तीतो लाग्ने सत्यभन्दा सुन्दा गुलियो लाग्ने झूटो जानकारी नै उनीहरूले रुचाउँछन् । कुनै जिद्दी, सत्यमा तार्किक वा आधारित छैन भने पनि, यसले मानिसको सहानुभूति खिँचेर साँचो जस्तै मान्ने गराउँछ । सरकार र सञ्चार माध्यमले गलत समाचारलाई फिल्टर गर्ने प्रयास गरिरहेको त छ, तर यो सजिलो काम होइन । सत्य र झूटबीचको भिन्नता बताउनलाई चाहिँ हामी प्रत्येकले आफ्नो विवेक तिखार्न आवश्यक रहेको कुरा विशेषज्ञहरू बताउँछन् ।
पोस्ट-ट्रुथको हानिकारक नतिजाहरू बाइबलको इतिहासमा पनि देखिन्छ । २,००० वर्षअघि यहूदीहरूले मसीहको प्रतीक्षा गरिरहेका थिए तैपनि यो पृथ्वीमा शरीर धारण गरी आउनुभएका मुक्तिदाताको वचनलाई भन्दा उल्टै आफूलाई विश्वास गर्न मन लागेको झूटलाई विश्वास गरे । येशूज्यूले सत्यता प्रचार गर्नुभयो तर तिनीहरूले आफ्नो सोचाइअनुसार ख्रीष्टलाई न्याय गरे र “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ’ (यूह १०:३०-३३) भन्दै येशूज्यूलाई तिरस्कार गरे, उहाँलाई क्रूसमा समेत टाँगे ।
“मेरो देह र रगतद्वारा अनन्त जीवन दिनेछु” भन्नुभएका येशूज्यूको वचनलाई बुझ्न नसकेर तिनीहरूले, “यस मानिसले कसरी हामीलाई आफ्नो देह खान दिन सक्छ ?”(यूह ६:५१-५२) भन्दै उहाँको आलोचना गरे । यसरी झूटो जानकारी फैलिरह्यो र यसले गर्दा, रोमीहरूले सुरुको मण्डलीलाई मान्छेको मासु खाने त्यस्तो समूह ठान्न पुगे, र परिणामस्वरूप ख्रीष्टियानहरूले चरम सतावट भोग्नुपऱ्यो । यसबाहेक, त्यस समयका धार्मिक नेताहरूले सिपाहीहरूलाई पैसा दिएर बाइबलको अगमवाणीअनुसार भएको येशूज्यूको पुनरुत्थान झूटो हो भनी फैलाउन लगाए (मत्ती २८:११-१५) । तिनीहरूका निम्ति सत्यता त्यति महत्त्वपूर्ण विषय थिएन ।
पवित्र आत्माको युगमा पनि पोस्ट-ट्रुथको युग जारी छ । हामीले विगतको घटनाबाट शिक्षा लिएनौं भने दु:खपूर्ण घटना दोहोरिनेछ । यदि हामी मुक्ति पाउन चाहन्छौं भने हामीले पहिला सत्य र झूटलाई छुट्ट्याउन जान्नुपर्छ । यो समयचाहिँ बाइबलले जानकारी दिएको सत्यताबाट टाढा हेर्दै कतै आफ्नो स्वादसँग मिल्ने झूटलाई विश्वास गर्न खोजिरहेका छौं कि भनेर आफैलाई फर्केर हेर्ने समय हो ।