बीउ छर्दै

16,685 भ्यु

सन् २०१७ जनवरीमा, चिलीको माउले लगायत धेरै क्षेत्रहरूमा ठूलो वन डढेलो लागेको थियो । त्यो डढेलो एकदमै विशाल भएकोले राष्ट्रिय आपतकालीन समय घोषणा गरियो, र विपत्तिको परिणामस्वरूप ११ जनाको मृत्यु हुनुका साथै ७,००० भन्दा बढी मानिसहरू पीडित भए । वन डढेलोले लगभग ४,५७० वर्ग किलोमिटर(११३००००)जङ्गल खरानीमा परिणत भयो ।

कालो धुँवाको मुस्लोले ढाकिएको पहाडलाई देखेर सबै जना अलमल्ल परेको समयमा एक जना कुकुर प्रशिक्षकले डढेलो लागेको क्षेत्रलाई पुनर्स्थापन गर्ने विशेष विचार व्यक्त गरे । त्यो विचार आश्चर्यजनक रूपमा सरल थियो । तिनले भेडा रखदेख गर्ने तालिम प्राप्त कुकुरहरूलाई विशेष गरी भरियाका निम्ति तयार पारिएको झोला पिठ्यूमा बोक्न लगाए र तिनीहरूलाई डढेलो लागेको त्यो पहाडमा दौड्न लगाए । त्यो झोलामा विशेषज्ञहरूले सावधानीपूर्वक छनौट गरेका विभिन्न बीउहरू थिए । ती कुकुरहरू पहाडको विभिन्न ठाउँहरूमा दौडिएसँगै १० के.जी बराबरको बीउहरू ३० वर्ग किलोमिटर क्षेत्रफलमा समान रूपमा छरियो । छ महिनापछि, विशाल जङ्गलमा बीउहरू छरियो र कालो माटोले भरिएका केही क्षेत्रहरूमा हरिया मुनाहरू पलाए । नयाँ जीवनको उदयले मानिसहरूलाई आशा दिलायो ।

परमेश्वरको वचन सुनाउने कार्यलाई बीउ छर्ने कुरासँग तुलना गरिएकोले (मर्कूस ४:१४; लूका ८:११) परमेश्वरको प्रतिज्ञा प्राप्त गरेकाहरूलाई सुसमाचार सुनाउने कर्तव्य हाम्रो हो । तर धेरै देश र मानिसहरूमाझ सुसमाचार सुनाउन बाँकी भएकोले यो कुरा असहज लाग्न सक्छ । यद्यपि कुनै कार्य नगरीकन यत्तिकै बसिरहने हो भने कुनै परिवर्तन आउनेछैन । सुसमाचार फैलाउनेहरूको सुन्दर पाइलाहरू निरन्तर अगाडि बढ्दैजाँदा, परमेश्वरको प्रेमले भरिएको वचनको बीउ संसारभरि रोपिन्छ र नयाँ जीवनको मुना पलाउँछ (रोमी १०:१४-१८)। संसारलाई बचाउने कार्यचाहिँ मुठीभर बीउ छर्ने सानो कार्यबाट सुरु हुन्छ ।