याकूब र यूहन्नाकी आमाले येशूज्यूको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन् ।
“तिमी के चाहन्छ्यौ ?”
“आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा मेरा यदि दुई छोराहरूमध्ये एक जना तपाईंको दाहिने हातपट्टि र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन् ।”
यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रुष्ट भए । तर येशूज्यूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो,
“तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले मानिसहरूमाथि निरङ्कुश शासन गर्दछन् र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन् । तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ । म पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोलस्वरूप आफ्नो प्राण दिन आएँ ।”
परमेश्वरको राज्यमा ठूलो हुन चाहने चेलाहरूलाई येशूज्यूले भन्नुभयो, कि जो ठूलो हुन चाहन्छ, उसले आफ्ना दाजुभाइ-दिदीबहिनीको सेवा गर्नुपर्दछ । येशूज्यू स्वयम्ले पनि आफूलाई होच्याउनुभयो र मृत्युसम्मै बलिदान गर्नुभएर यो वचनको ज्वलन्त उदाहरण देखाइदिनुभयो ।
हामीहरू आफ्नो स्वरूपलाई फर्केर हेरौं । स्वर्गीय राज्यका नागरिक भएअनुरुप के हामीले ख्रीष्टको शिक्षा र उदाहरणअनुसार दाजुभाइ-दिदीबहिनीको सेवा गरिरहेका छौं ?
“किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ, त्यो होच्याइनेछ र आफूलाई होच्याउनेचाहिँ उच्च पारिनेछ ।” लूक १४:११