तिम्रो विश्वास ठूलो रहेछ

मत्ती १५:२१-२८

16,318 भ्यु

तब येशू त्यहाँबाट निस्कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो । त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागी,

“हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् । मेरी छोरीलाई भूतले साह्रै सताएको छ ।”

येशूले त्यसलाई केही जवाफ दिनुभएन । उहाँका चेलाहरूले आएर उहाँलाई बिन्ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहिछे ।”

उहाँले भन्नुभयो, “म इस्राएल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाइएको हुँ ।”

तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र सहायताको लागि बिन्ती गरी । तर येशूज्यू दृढ हुनुहुन्थ्यो ।

“बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन ।”

“हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्छन् ।”

त्यस्तो अपमानजनक शब्द सुनेपछि पनि हार नमानेकी त्यो स्त्रीको मनोवृत्ति देखेर येशूज्यू प्रभावित हुनुभयो ।

“ए नारी, तिम्रो विश्वास ठूलो रहेछ ! तिमीले इच्छा गरेबमोजिम तिमीलाई होस् ।”

त्यसकी छोरी त्यही घडी निको भइहाली ।

जब कसैले कठोर बोली प्रयोग गरेर हामीलाई इन्कार गर्छ तब मन दुख्छ र हामी सजिलै निराश हुन पुग्छौं । तर ती कनानी स्त्री भने बिल्कुलै फरक थिइन् । उनले भूत लागेकी आफ्नी छोरीको विषयमा सोच्दै लगातार येशूज्यूसँग बिन्ती गरिन् ।

यदि हामी पनि एक आत्मालाई मुक्तिमा डोऱ्याउन चाहन्छौं भने परमेश्वरको हृदयलाई समेत प्रभावित तुल्याएकी त्यो कनानी स्त्रीलाई याद गरौं । हाम्रो घमण्डभन्दा एक आत्मालाई बचाउने इच्छा अझ ठूलो छ भने परमेश्वर निश्चय नै हामीबाट प्रभावित हुनुहुनेछ र हामीले चाहेको सबै पूरा गरिदिनुहुनेछ ।

“तिम्रो विश्वास ठूलो रहेछ ! तिमीले इच्छा गरेबमोजिम तिमीलाई होस् !”