WATV.org is provided in English. Would you like to change to English?

फाल्नुपर्ने कुराको सूची

9,648 भ्यु
본문 읽기 4:27
현재 언어는 음성 재생을 지원하지 않습니다.

गर्नुपर्ने काम अथवा गर्न चाहेको काम छ भने एउटा सूची बनाएर त्यसलाई प्राथमिकताअनुसार क्रमबद्ध रूपमा मिलाएर राख्नुभयो भने यसले तपाईंलाई कुनै पनि काम ध्यानपूर्वक गर्न मद्दत पुऱ्याउँछ । तर यदि ती कुराहरूप्रति बढी नै सोच्न थाल्नुभयो भने तपाईंहरूको ध्यान भड्किन सक्छ, र आफ्नो लक्ष्य पूरा गर्न असफल बन्न पुग्नुहुनेछ । यस्तो अवस्थामा सबैभन्दा आवश्यक पर्ने कुरा नै ‘फाल्नुपर्ने कुराको सूची’ हो ।

संयुक्त राज्य अमेरिकाकी एक जना प्रभावशाली पत्रकार आरियाना हफिङटनले तिनको ४०औँ जन्मदिनमा, आफूले राम्ररी गर्न नसक्ने कार्य, आफूलाई मन नपर्ने कुरा, कुनै दिन गरूँला भनेर सोचेको तर खासमा गर्ने कुनै सम्भावना नदेखिएका कार्यहरू सबै लेखेर एउटा सूची बनाइन् ।

उदाहरणको लागि तिनको सूचीमा भएको एउटा कुरा नै स्की(बोर्डमा टेकेर हिउँमा चिप्लिने खेल) थियो । तिनलाई स्की खेल्न आउँदैनथ्यो, त्यसको निम्ति समय निकालेर जाने रुचि पनि तिनमा थिएन । तिनको वरिपरिका थुप्रै मानिसहरूलाई स्की खेल्न ज्यादै मनपर्ने भएकोले तिनी पनि उनीहरूसँगै स्की खेल्न चाहन्थिन् । ‘कुनै दिन गरूँला’ भनेर गृह-कार्यजस्तै गरेर साँचिराखेका कुराहरूको सूची बनाएर ती कार्यहरूलाई बिस्तारै बिर्सने निर्णय गर्दा तिनले मन एकदमै हलुको भएको र तीबाट छुटकारा पाएको आभास गरिन् ।

हामीले पनि विभिन्न कारणले गर्दा अनावश्यक कुराहरूलाई पनि टिपोट गरेर सूचीमा राखेका हुन सक्छौं । यदि हामीले ती कुराहरूलाई फाल्नुपर्ने कुराको सूचीमा राख्यौं भने हामीले साँच्चै गर्नैपर्ने काम अझ बढी ध्यान दिएर गर्न सक्नेछौं ।