भाषा चयन गर्नुहोस् ।

Close

अभिनेता-पर्यवेक्षक प्रवृत्ति

5,260 भ्यु

आफू काममा ढिलो पुगियो भने गाडी जाममा परेको अथवा बस नआएको जस्ता विभिन्न कारणहरू खुलाउने गरिन्छ । तर यदि आफ्ना कोही सहकर्मी ढिला आयो भने उसलाई अल्छी व्यक्तिको रूपमा हेरिन्छ । अनि आफ्नो परीक्षा बिग्रियो भने गाह्रो भएकोले हो भनेर सोच्ने गरिन्छ, तर अरूले परीक्षा बिगाऱ्यो भने उसले राम्ररी नपढेकोले हो भनेर सोच्न पुगिन्छ । योचाहिँ जोसुकै होस्, सबैले कम्तीमा एक चोटि भए पनि गर्न पुग्ने मनोवैज्ञानिक त्रुटि हो ।

यसरी आफूले गरेको कुनै कार्यलाई बाहिरी कारणहरू उल्लेख गर्दै त्यसमा दोष थुपार्ने र अरूले गरेको कार्यको विषयमा चाहिँ त्यो व्यक्तिको आन्तरिक कारणहरूद्वारा तर्क गर्ने प्रवृत्तिलाई ‘अभिनेता-पर्यवेक्षक प्रवृत्ति’ भनिन्छ । विशेष गरी मानिसहरू आफू एक अभिनेता वा पर्यवेक्षक भएको आधारमा अरू मानिसहरूसँग फरक व्यवहार गर्ने गर्छन् ।

यस्तो त्रुटिमा नपर्नको निम्ति हामीले अरू मानिसहरूलाई बुझिदिन कोसिस गर्नुपर्छ । हामीले अरू मानिसको अवस्था र त्यो मानिसले लिएको विचारलाई १००% बुझ्न नसक्ने भएकोले कहिलेकहीँ हामीलाई आफू अरूप्रति विचारशील भएजस्तो लागे पनि त्यो एउटा भ्रम मात्र पनि हुन सक्छ । तसर्थ हामी अरूप्रति अझ उदार बन्नुपर्छ । हामीले पर्यवेक्षकको स्थानबाट हटेर आफूलाई अरूको ठाउँमा राख्नु र अप्रत्याशित कारणहरूको सम्भावनालाई दिमागमा राख्नु नै अभिनेता-पर्यवेक्षक प्रवृत्तिलाई कम गराउने तरिका हो ।