WATV.org is provided in English. Would you like to change to English?

पान आकार बनाएर इसारा गर्ने

688 हेरेको संख्या

तपाईं खुशी हुँदा मुस्काउनुहुन्छ, कृतज्ञ हुँदा धन्यवाद भन्नुहुन्छ, अनि क्षमाप्रार्थी हुँदा माफी माग्नुहुन्छ । आफ्नो मनका भावनाहरू प्रकट गरेमा त्यो अरू व्यक्तिमा प्रसार हुन्छ ।

पारिवारिक प्रेम पनि उस्तै हो । कहिलेकहीँ आफूले व्यक्त नगरे पनि उनीहरूलाई आफ्नो अवस्था थाहा छ होला भनेर सोच्न पुगिन्छ अथवा प्रेमजस्तो सकारात्मक भावना पनि नकारात्मक अभिव्यक्तिद्वारा व्यक्त गर्न पुगिन्छ । परिवारका सदस्यहरूले स्वभावत: एक-अर्कालाई प्रेम गर्छन्, तर सीधै प्रकट गर्दा अझ सार्थक हुन्छ नि, होइन र ?

कृपया यो महिना आफ्नो परिवारलाई हातले पान आकार बनाएर प्रेम व्यक्त गर्नुहोस् । तपाईंलाई अलि लाज लागे तापनि आफ्नो प्रेम प्रकट गर्दा खुशी महसुस भएर नयाँ शक्ति प्राप्त हुनेछ ।

सुझाव
१. पान आकार यसरी बनाउने
दुई हात उठाएर टाउकोमाथि ठूलो पान आकार बनाउने
दुवै बूढी औँला सँगै राखेर पानको चुच्चो भाग बनाउन तलतिर झार्ने र दुवै हातका चार वटा औँलाहरू खुम्चाएर पान आकारको माथिल्लो भाग बनाउने
बूढी औँला र चोर औँला जोडेर क्रस गरी सुन्दर पान आकार बनाउने
२. यस्तो बेलामा आफ्नो परिवारलाई पान आकार बनाएर देखाउने
बिहान उठेपछि वा सुत्नुअघि
विद्यालय, काम वा बाहिर जाने समयमा
कामपछि घर आइपुग्दा
आफू कृतज्ञ हुँदा वा आफ्नो परिवार कठिन परिस्थितिबाट गुज्रिँदा
आफ्नो प्रेम शब्दद्वारा व्यक्त गर्न अप्ठ्यारो लाग्दा इत्यादि ।