बाहिरी स्वरूप र मूल्य

12,535 भ्यु
लेख सुन्नुहोस् 3:39

सन् २००७ जनावरीमा संयुक्त राज्य अमेरिकाको वासिङटन डि.सिमा एक जना मानिसले थोत्रो कपडा र टोपी लगाएर सबवे स्टेसनमा भायोलिन बजाउन सुरु गरे । ४५ मिनेटसम्म भायोलिन बजाइरहँदा थुप्रै पैदल यात्रुहरू त्यहाँबाट गज्रिए तर तीमध्ये अधिकांशले उनलाई फर्केर पनि हेरेनन् । यद्यपि केहि मानिसहरू एकछिन मात्र रोकिए ।

यो घटनाको दुई दिनअघि बोस्टनमा भायोलिनवादकको कन्सर्ट भएको थियो । १०० डलरभन्दा माथि पर्ने टिकटहरू सबै बेचियो र दर्शकहरूको गडगडाहठ तालीका साथ कन्सर्ट समाप्त भयो । उनको नाम जोशुआ बेल हो । उनी अमेरिकीहरूले अत्यधिक रुचाएका सङ्गितकार र विश्व प्रख्यात भायोलिनवादक हुन् । अचम्मको कुरा, त्यो सबवे स्टेशनमा बसेर भायोलिन बजाउने व्यक्तिचाहिँ अरू कोही नभएर जोशुआ बेल नै थिए । एक विश्व-स्तरीय संगीतकारले हृदयस्पर्शी प्रस्तुति दिइरहेका थिए, तर मानिसहरूले उनलाई देखेर पनि अनदेखा गरे ।

साँचो मूल्यचाहिँ उत्कृष्ट कन्सर्ट हल वा महँगो प्रवेश शुल्कमा हुँदैन । बाहिरी स्वरूपको आधारमा कुनै पनि कुराको निष्कर्ष निकाल्दा त्यो कुराको असली मूल्य हराउन सक्छ । हेर्दा सामान्य र नराम्रो देखिने कुराको मूल्यलाई नबुझिकन रफतारमा हिँडिरहेका हामीले त्यो कुराको मूल्यलाई बुझ्नको लागि आफ्नो मनको आँखा र कान फराकिलो गरी खोल्नुपर्छ ।

बाहिरी स्वरूप र मूल्य

3:39
0:00 3:39

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।