दाजुभाइ-दिदीबहिनीलाई आफैलाई जस्तै प्रेम गर्नू

पार्क जङ आ, गिमछन, दक्षिण कोरिया

10,762 भ्यु

मेरो घरमा सधैँ कोलाहल र होहल्ला हुन्छ । त्यसरी कोलाहल मच्चाउनेहरूचाहिँ एक वर्षको भिन्नता भएका मेरा छोरा-छोरी हुन् । उनीहरू दुवै जना सँगै खेल्छन्, तर प्रायः झगडा गरिरहन्छन् । त्यसैले कहिलेकहीँ म उनीहरूलाई १ मिटर टाढा बस्नका लागि भन्छु । तर मैले खाना बनाउँदा वा सरसफाइ गर्दा उनीहरू फेरि सँगै खेल्न थाल्छन् ।

उनीहरूलाई देखेर मेरा छिमेकीहरूले “यी बच्चाहरू राम्ररी मिलेर बसेको देख्दा र एक-अर्काको राम्रो हेरचाह गरेको देख्दा एकदमै खुशी लाग्छ” भन्दै मेरो ईर्ष्या गर्छन् । यस्ता कुराहरू सुन्दा मन खुशी हुन्छ, तर उनीहरू लगातार झगडा गर्दा मेरो मन दुख्छ ।

एक दिन हाम्रो परिवारलाई मण्डलीको पारिवारिक निमन्त्रणा कार्यक्रममा पारिवारिक पत्र र पोस्टकार्ड बनाउने जिम्मेवारी दिइयो । त्यो पत्र बनाउनका लागि तस्बिरहरू चाहिने भएकोले बच्चाहरू भएको तस्बिरको एल्बम लिनका लागि म सासु-ससुराको घर गएँ । केही उत्कृष्ट तस्बिरहरू छानेपछि, त्यसलाई गमले टाँस्नका लागि म छोरीको कोठामा गएँ । छोरी ओछ्यानमा एल्बम हेर्दै रोइरहेकी थिई ।

“किन रोएकी, येजिन ?”

“आमा, दाइले मलाई यति प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहै थिएन ।”

उसले हेरिरहेको तस्बिरचाहिँ ऊ भर्खंर जन्मिदाको थियो, जुन बेला उसको दाजु एक वर्षको थियो । त्यो तस्बिरमा बहिनीको मुखमा बोटल थियो र दाजुले उसलाई बोकेर गालामा चुम्बन गरिरहेको थियो । त्यो दिनसम्म पनि दाजुले उसलाई घृणा गर्छ भन्ने सोचेकोले ऊ धुरु-धुरु रोई । उक्त तस्बिरको विस्तृत जानकारी दिँदै मैले उसलाई अबदेखि दाजुसँग मिलेर बस्न भनें ।

यो घटनापछि, छोरी बिस्तारै परिवर्तन भई, र मैले परमेश्वरलाई धन्यवाद चढाएँ । “दाजुभाइ-दिदीबहिनीलाई आफैलाई जस्तै प्रेम गर्नू” भन्ने परमेश्वरको वचन मैले मेरा बच्चाहरूद्वारा महसुस गरें । दाजुभाइ-दिदीबहिनीहरू मिलनसार हुँदा बुबा-आमाहरू साँच्चै खुशी हुन्छन् ।