जङ्गली घोडा र गधा

20,287 भ्यु
लेख सुन्नुहोस् 3:38

कुनै एक समयमा ब्रोन्कोहरू (जङ्गली घोडाहरू) विशाल पश्चिमी अमेरिकाका प्रतीक थिए । जङ्गली घोडाहरूचाहिँ क्रूर र असभ्य हुन्छन् । यस्ता जङ्गली घोडाहरूमा मानिसहरू सवार हुँदा वा सामान राख्दा यिनीहरू बेस्सरी उफ्रने भएकोले यसलाई वशमा पार्नुपर्छ । जङ्गली घोडाहरूलाई वशमा पार्नका लागि काउबोयहरू तिनीहरूमाथि चढ्छन् र तिनीहरूलाई वशमा पार्छन् जुनचाहिँ हिजोआज रोडिओज(rodeos) खेलको रूपमा परिचित छ ।

जङ्गली घोडालाई वशमा पार्ने अर्को तरिका भनेको त्यसलाई गधासँग बाँध्नु हो । यदि यी दुई जनावरहरूलाई एकसाथ बाँधेर घाँसे मैदानमा छोडियो भने, असहाय गधालाई सुरुमा जङ्गली घोडाले वरिपरि दौडाउन्छ । तर आश्चर्यको कुराचाहिँ केही दिन पछि, त्यो असभ्य जङ्गली घोडाले गधालाई आज्ञाकारी भएर पछ्याउन थाल्छ । जतिसुकै बल गरेर गधाबाट छुट्टिन खोजे पनि त्यसको कुनै अर्थ छैन भन्ने कुरा बुझेपछि, अन्ततः त्यो घोडाले हार मान्छ र गधालाई पछ्याउन थाल्छ ।

योजस्तै उग्र स्वभाव भएको मानिसलाई प्रायः जङ्गली घोडासँग तुलना गरिन्छ । सबै मानिसहरूमा कुनै न कुनै नराम्रा स्वभावहरू पक्कै पनि हुन्छन् । हामीले हाम्रो मनको भित्री जङ्गली घोडाको छेउमा गधालाई राख्नुपर्छ । हामीलाई नम्र हुनका लागि वशमा पार्ने हाम्रो मनको गधा अरू केही नभएर धैर्यता हो ।

जङ्गली घोडा र गधा

3:38
0:00 3:38

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।