असल लिडरको गुण
लेख सुन्नुहोस्
1:40

मंगोल साम्राज्यको स्थापना गर्ने गेङ्गिज खानले उनलाई मनपर्ने एक जना योद्धाको बारेमा अफसोस व्यक्त गर्दै एउटा कुरा भने ।
युसुन बेइ एक महान् योद्धा थिए । जति लडाइ गरे पनि उनी थाक्दैनथे । तसर्थ उनी सबै सैनिकहरूको शक्ति समान छ भनी सोच्दथे । अरूले राम्रो गर्न नसक्दा उनी रिसले चुर हुन्थे । यस्तो मानिस उत्कृष्ट लिडर हुन सक्दैन । [स्रोत] http://mengnews.joins.com
आफूले मात्र राम्रो गर्नुचाहिँ असल लिडरको गुण होइन तर आफ्नो समूहमा भएको कठिनाइहरूलाई बुझेर त्यसमा सहभागी हुनुचाहिँ असल लिडरको गुण हो ।