आफूमा निर्भर हुने कुरा

6,499 भ्यु

उही लेख भए पनि त्यो पढ्ने प्रत्येक मानिसले पाउने महसुस फरक हुन्छ । कसैले सरसरती हेरेको शब्द, अरू कसैको निम्तिचाहिँ अमूल्य महसुस दिलाउने आधार पनि बन्न सक्छ ।

कहिलेकहीँ परिस्थिति पनि बद्लिन सक्छ । विगतमा खासै प्रेरणादायी नलागेको लेखले पछि निकै प्रभावित तुल्याउन सक्छ, अनि विगतमा हृदयलाई प्रभावित तुल्याएको वाक्य अहिलेचाहिँ सामान्य लाग्न पनि सक्छ ।

लेख उही हो । बद्लिनेचाहिँ पाठक वृन्दको मन हो ।

इस्राएलीहरूले उजाड-स्थानमा खाएका, महमा बनेको बाबर स्वादको मन्न, परमेश्वरले स्वर्गबाट पहिलो चोटि झारिदिनुहुँदाको समयमा होस् अथवा लामो समयपछि होस्, त्यसको स्वाद उही थियो । तर उजाड-स्थानको यात्रामा थकित भएका इस्राएलीहरूको गनगनयुक्त मनले, महमा बनेको रोटीको स्वादलाई तुच्छ खानेकुरामा परिवर्तन गरिदियो (गन्ती २१:५) ।

पहिला जति पटक हेरे पनि, जति पटक सुने पनि एकदमै आश्चर्यजनक लागेको परमेश्वरका वचनहरू अहिलेचाहिँ केवल अनुशासन सिकाउने शब्दहरूजस्तो मात्र लाग्छ कि ? यदि त्यसो हो भने त्योचाहिँ तपाईं पहिलाभन्दा बद्लिनुभएछ भन्ने कुराको सङ्केत हो ।

परमेश्वरको वचनलाई, ध्यान नदिए पनि हुने एउटा सामान्य लेखको रूपमा मात्र सीमित राख्ने कि अथवा आत्मालाई स्वस्थ पार्ने पौष्टिक तत्त्वको रूपमा राख्ने ? योचाहिँ पूर्णतः आफूमा निर्भर हुने कुरा हो ।