सबै परिस्थितिमा धन्यवाद

15,525 भ्यु
लेख सुन्नुहोस् 1:44

उरुग्वेका एक जना प्रतिनिधि फुटबल खेलाडी डारिओ सिल्भाले सन् २००६को कार दुर्घटनामा परेर आफ्नो दाहिने खुट्टा गुमाए । त्यो खबर सुनेर धेरै जना शोकाकुल भए, तर डारिओको अप्रत्याशित कुराले सबै मानिसहरू आश्चर्यतकित भए ।

“धन्न फुटबल जीवनयात्राको प्रारम्भमै, यस्तो सङ्कटबाट गुज्रिनु नपरेकोले चमकदार क्षणहरू अनुभव गर्न पाएकोमा म धन्यवादी छु ।”

सन् २००९को कुनै फुटबल च्यारिटी खेलमा नक्कली खुट्टा टेकेरै भए पनि तिनले गोल गरे । तब दर्शकहरू उभिएर जोडदार तालीद्वारा तिनलाई सराहना गर्दा तिनको मुहारमा खुशीको मुस्कान लहराएको थियो ।

सबै परिस्थितिमा धन्यवाद

1:44
0:00 1:44

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।