WATV.org is provided in English. Would you like to change to English?

सबै परिस्थितिमा धन्यवाद

6,931 भ्यु

उरुग्वेका एक जना प्रतिनिधि फुटबल खेलाडी डारिओ सिल्भाले सन् २००६को कार दुर्घटनामा परेर आफ्नो दाहिने खुट्टा गुमाए । त्यो खबर सुनेर धेरै जना शोकाकुल भए, तर डारिओको अप्रत्याशित कुराले सबै मानिसहरू आश्चर्यतकित भए ।

“धन्न फुटबल जीवनयात्राको प्रारम्भमै, यस्तो सङ्कटबाट गुज्रिनु नपरेकोले चमकदार क्षणहरू अनुभव गर्न पाएकोमा म धन्यवादी छु ।”

सन् २००९को कुनै फुटबल च्यारिटी खेलमा नक्कली खुट्टा टेकेरै भए पनि तिनले गोल गरे । तब दर्शकहरू उभिएर जोडदार तालीद्वारा तिनलाई सराहना गर्दा तिनको मुहारमा खुशीको मुस्कान लहराएको थियो ।