परमेश्वर ज्योति हुनुहुन्छ

19,684 भ्यु
लेख सुन्नुहोस् 2:42

ज्योतितिर फर्किंदा, छाया हाम्रो पछाडि सर्छ, तर ज्योतिको विपरीत दिशातिर फर्किंदा चाहिँ छाया हाम्रो अगाडि सर्छ । ​

“… परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन ।” १ यूह १:५

यदि हामीले ज्योति हुनुभएका परमेश्वरतर्फ हेऱ्यौं भने अन्धकार सधैँ पछाडि हुनेछ । तर यसको ठीक विपरीत यदि हामीले परमेश्वरतिर पीठ फर्कायौं भने नचाहँदा नचाहँदै अन्धकारलाई अगाडि राख्न पुग्नेछौं । अन्धकारबाट उम्कन सकिने एकमात्र तरिका भनेकै सधैँ परमेश्वरलाई हेर्दै पछ्याउनु हो ।

ज्योति चम्कने ठाउँमा सब थोक देखिन्छ । आफ्नो पाप र आफू जाने बाटो पनि प्रष्टै देखिन्छ । ज्योतिमा चाहिँ पापलाई नजरअन्दाज गर्न, अन्धकारमा ठेस खान र बाटो गुमाएर भौंतारिरहनु पर्दैन ।

आफ्नो अनुहार सधैँ परमेश्वरतिर फर्काऔं । जीवनको ज्योति र मुक्तिको ज्योति हुनुभएका परमेश्वरले हाम्रो निम्ति स्वर्ग जाने बाटोलाई चम्किलो गरी चम्काइदिनुहुनेछ । 

परमेश्वर ज्योति हुनुहुन्छ

2:42
0:00 2:42

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।