परमेश्वर सबै कुरा जान्नुहुन्छ

17,283 भ्यु
लेख सुन्नुहोस् 3:30

“यदि तपाईं अदृश्य माानिस बन्नुभयो भने के गर्न चाहनुहुन्छ ?”

योचाहिँ अलौकिक शक्तिसम्बन्धी प्रश्नोत्तरहरूमा प्रायः सोधिने प्रश्न हो ।

मानिसहरूका जवाफहरू फरक-फरक हुन्छन् । तर केही जवाफहरू भने सधैँ उस्तै हुन्छन्, जस्तै निःशुल्क रूपमा विभिन्न ठाउँहरू घुम्ने, आफूलाई मनपर्ने सामानहरू किन्ने, मनपर्ने व्यक्तिको पिछा गर्ने वा मन नपर्ने व्यक्तिलाई हैरान पार्ने, इत्यादि ।

जो सुकै भए पनि, मानिसहरूमा एउटा मिल्दो पक्ष हुन्छ । त्योचाहिँ अरू कसैले नहेरेको समयमा उनीहरू केही फरक गर्ने प्रयास गर्छन् । उनीहरू त्यस्ता कामहरू गर्न चाहन्छन् जुन उनीहरूले आत्म-चेतना वा प्रतिबन्धका कारण गर्न सक्दैनन् ।

परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन । उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ ।हिब्रू ४:१३

परमेश्वरको अगाडि कोही पनि अदृश्य हुन सक्दैन । परमेश्वरले हामीले सोच्ने, बोल्ने र गर्ने सबै कुरा जान्नुहुन्छ (भजन १३९:१-४) । गुप्त रूपमा गरिएका कार्यहरूलाई पनि नियालिरहनुहुने परमेश्वरको स्मरण गरौं । परमेश्वरले दिनुभएको विवेकअनुसार सोच्ने र व्यवहार गर्ने गऱ्यो भने लुकाउनुपर्ने कुरा केही हुँदैन ।

परमेश्वर सबै कुरा जान्नुहुन्छ

3:30
0:00 3:30

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।